कोहलपुर बाँके जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड १९ संकट वयवस्थापन केन्द्रका अनुसार जिल्लाका दुई वटा प्रयोगशालामा गरिएको १ सय १७ नमुना परीक्षणमा कुल २१ जनामा संक्रमण पुष्टि जनाइएको छ ।
भेरी अस्पतालको ल्याबमा गरिएको ६० नमुना परीक्षणमा १७ जना र नेपालगञ्ज मेडिकल कोहलपुरमा गरिएको ५७ नमुना परीक्षणमा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो । ती मध्ये बाँके जिल्लाका ७ जना रहेका छन् । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ५ सय ३० पुगेको जानकारी दिए । अहिलेसम्म पीसीआर परीक्षणको संख्या भने ८६ हजार १ सय ७८ पुगेको उनले बताए । यसैगरि पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १७ हजार १ सय ६९ पुगेको छ ।
थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ बर्दियाका ६३ वर्षीया महिला र बर्दियाकै राजापुर नगरपालिका–१० का ६५ वर्षीय पुरुष रहेका छन् । योसँगै हालसम्म बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ३ सय ७० जनाको मृत्यु भईसकेको छ । जिल्लाकै ३ सय ११ जनाले समेत कोभिडकै कारण ज्यान गुमाएका छन् । बाँकेमा अझै कोरोना संक्रमण शून्य भएको छैन ।










प्रतिक्रिया दिनुहोस्