कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा सोमवार कोरोना संक्रमणमुक्त हुनेभन्दा दोब्बर भन्दा बढी संख्यामा संक्रमित थपिएका छन् । २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । योसँगै नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म योसँगै ९ हजार ४०० जनाको मृत्यु भएको छ ।
सो अवधिमा देशभर थप १ हजार १३३ जना निको भएर घर फर्किएका थिए । योसँगै ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा ४४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७१८ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २८६, लुम्बिनीमा १५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । थपिएका कोरोना संक्रमितमध्ये ४३३ जना काठमाडौं उपत्यकाका हुन् ।
जसमा काठमाडौंका २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना संक्रमित छन् । यस्तै झापामा १४१, मोरङमा १३९, सुनसरी र बागलुङमा १२३÷१२३, चितवनमा १०२, कास्कीमा ६९, नुवाकोट र गुल्मीमा ४८÷४८ र मकवानपुरमा ४५ जनामा संक्रमण देखिएको हो । यस्तै रुपन्देहीमा ३७, नवलपरासी पूर्वमा ३३, पाल्पामा २२ र पर्वतमा २१ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्