दाङमा अटो चालकले फिर्ता गरे अटोमा छुटेको नगद र सुनका गहना



दाङ ।

दाङमा एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ ।

शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने अटो चालकलाई प्रहरीले सम्मान गरेको हो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका-७ निवासी मतिकला बुढा घोराही-१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा१ह २१५३ नम्बरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङको झोला अटोमै भुलेर हिँडेकी थिइन् ।

अटोका चालक घोराही-१३ बस्ने २९ बर्षीय रामप्रसाद झाँक्री मगरले झोलाभित्र ३७ हजार नगद र १ तोला सुनको सिक्री देखेपछि जिल्ला प्रहरी कार्यालय दाङमा बुुझाउन पुगेका थिए ।

रामप्रसादले प्रहरीकै रोहवरमा सम्बन्धितलाई बुझाएकोमा सम्मान गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २६ गते शनिबार