29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कोहलपुरमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदाँ दुई गम्भीर घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २३, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा बुधवार दिउँसो भयानक सवारी दुर्घटना भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुर ११ को कृषि चोकमा तिव्र गतीमा रहेको एम्बुलेन्सले ठक्कर दिदाँ मोटरसाइकल र त्यसमा सवार दुई जना करिब १५ मिटर टाढा पुगेका थिए ।

घाइतेहरुलाई स्थानीयहरुले उद्दार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पु¥याएका थिए ।

एम्बुलेन्स र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रकाशित मितिः बुधबार, असार २३, २०७८     4:00:40 PM  |