29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

नेपालमा बढ्दै कोरोना संक्रमण, निको हुनेभन्दा संक्रमित बढी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २३, २०७८  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा मंगलवार थप २ हजार ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ३ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय १८ र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणमा ९ सय १६ जना गरी २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको थियो ।

लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमवारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । यसले मंगलवार समेत निरन्तरता पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ६ सय ६५ रहेको थियो । हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

नेपालमा निको हुने दर ९४ दशमलव ४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको थियो । हालसम्म देशभर ९ हजार २६३ जना संक्रमितको मृत्यु भइसकेको छ । यस्तै १० वर्ष मुनिका ६८ बालबालिकालाईकोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा ३६५, झापामा १७६, सुनसरीमा १३५, मोरङमा ११२, ललितपुरमा १०५, कास्कीमा १०३ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै चितवनमा ९६, नुवाकोटमा ६६ नवलपरासी पुर्वमा ३९, खोटाङमा ३७, रुपन्देहीमा ३५, कमवानपुर र पाल्पामा ३४/३४ जना, भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएका हुन् ।

बागलुङमा २६, सुर्खेतमा २२, काभ्रेपलाञ्चोमा २१, स्याङजामा १७, सिन्धुलीमा १६, धादिङमा १५, बारा र कैलालीमा १४/१४ जना, दोलखा, दाङ र दैलेखमा १३/१३ जना र गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, असार २३, २०७८     7:52:50 AM  |