कोहलपुरका एकल र हिंसा पीडित महिलालाई, आर्यआर्जन मूलक सामग्री सहयोग



कोहलपुर 

बाँकेको कोहलपुर नगरपालिकाका १५ जना महिलालाई आर्यआर्जन मूलक वस्तु र सामग्री वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तर्गत वडा नम्बर १ देखि १५ का हिंसा पीडित महिलाहरुकाक लागि आर्यआर्जनमुलक सामग्री सहयोग गरिएको हो ।
आइतबार नगर शिक्षा शाखामा आयोजित एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, निमित्तक प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख अनन्तकुमार पौडेल र सामाजिक विकास समितिका संयोजक नारायणी ओली लगायतले सामग्रीहरु संयुक्त रुपमा हस्तान्त्रण गरेका थिए ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लुम्बिनी प्रदेशको सहयोग तथा कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ती महिलाहरुलाई आर्यआर्जनमुलक सामग्री सहयोग गरिएको थियो । हिंसा पीडित तथा एकल महिलाहरुलाई व्यवसाय मार्फत आत्मनिर्भर बनाउनको लागि फेन्सी, खुद्रा पसल, कुखुरा, बाख्रा र बंगुर पालनका लागि आवश्यक सामग्री सहयोग गरिएको शाखाले
जनाएको छ ।

महिना विकास निरिक्षक घटना शाहले किराना पसल सञ्चालनका चार जना, ३ जनालाई कुखुरा पालन, ३ जना बाख्रा पालन लगायतका व्यवसाय संचालनका लागि सहयोग गरिएको बताइन् । कार्यक्रमको उद्देश्य माथि प्रकट पार्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता जमुना चालिसेले कार्यक्रम लुम्बिनी प्रदेशका सम्पूर्ण पालिकामा सञ्चालनमा रहेको बताइन् ।

उनका अनुसार बाँके जिल्लाका पनि आठ वटै पालिकामा सञ्चालनमा रहेको छ । विगतमा गाउँपालिकामा मात्रै यो कार्यक्रम सञ्चालनमा थियो । तर आ.व. २०७७÷०७८ देखि कोहलपुर र नेपालगन्जमा समेत लागू भएको हो ।‘ कार्यक्रमको उद्देश्य नै विपन्नहरुको जीवनस्तर माथि उकास्ने हो । बाँके जिल्लामा यो कार्यत्रम राम्रो छ ।

व्यवसाय मार्फत व्यवसायिकरण गर्नको लागि सामग्री सहयोग गरिएको हो । समस्या परेमा हामीले पुनः सहयोग छौँ ।’ सहजकर्ता चालिसेले भनिन् । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमखु लुट बहादुर रावतले कार्यक्रम मार्फत गरिएको निःशुल्क सहयोगबाट भरपुर फाइटा उठाउन अनुरोध गरे । उनका अनुसार समाजमा रहेको विपन्न, असहाय र हिंसा पीडित वर्गलाई आगामी दिनमा आत्मनिर्भर बनाउन कार्यक्रम शुरु गर्ने बताइएको छ ।

प्रदेश सरकार र स्थानीय सरकारले गरेको सहयोगको सदुपयोग हुनुपर्नेमा प्रमुख रावतको जोड छ । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पैड्यालले कार्यक्रमले थुपै्र ठाउँमा सामग्री सहयोग गरेको भन्दै सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले विभिन्न व्यवसाय मार्फत स्वारोजगार सिर्जना गर्नुपर्ने बताए । यस्तै उक्त कार्यक्रम अन्तर्गत विज्ञान प्रयोगशाला र बालविकास केन्द्रका लागि आवश्यक पर्ने सामग्रीको पनि सही सदुपयोग गर्नुपर्ने बताएका थिए ।यस्तै सामाजिक विकास समितिका संयोजक नारायणी वलीले महिलाहरुको शसक्तिकरणको लागि सहयोग गरिएको भन्दै सहयोगको सदुपयोग गर्न आग्रह गरिन् ।

उनले नगरपालिकाले महिलाहरुको विकासका लागि धेरै राम्रा काम गरेको पनि जानकारी दिइन् । नगरपालिकाबाट सहयोग प्राप्त गरेकी मिना दमाईले आफूले पाएको निःशुल्क सहयोगले सहि सदुपयोग गर्ने बताइन् । उक्त अवसरमा जनता माविलाई विज्ञान प्रयोगशालाका लागि आवश्यक सामग्री तथा बालविकास केन्द्रमा बालबालिकाहरुलाई पढाउनको लागि आवश्यक सामग्री पनि वितरण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार