16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

अनलाइन कार्यशाला सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १७, २०७८  

कोहलपुर ,

रेडियो मिसन सहित देशभरका ६ वटा रेडियोले प्रसारण गर्दै आएको रेडियो कार्यक्रम मेरो सुरक्षित गाउँको १ वर्ष पुरा भएको छ । अमेरिकी सहायता नियोगको सहयोगमा सञ्चालित एनसेट नेपाल अन्तर्गत विपद् उत्थानशील समुदायको लागि प्राविधिक सहयो ‘मेरो सुरक्षित गाउँ’ रेडियो मिसनले पनि प्रसारण गर्दै आएको छ ।

बुधबार देशभरका ६ वटा रेडियोका स्टेशन म्यानेजर, रेडियो कार्यक्रम उत्पादक सहितको अनलाइन कार्यशाला सम्पन्न भएको हो । एनसेटको आयोजनामा अनलाइन कार्यशाला भर्चुअल रुपमा सम्पन्न भएको थियो । देशमा हुने विभिन्न विपद्सँग केन्द्रीत रहेर कार्यक्रम प्रसारण गरिएको थियो । उक्त अवसरमा स्टेशन प्रमुखहरुले व्यवस्थापन र कार्यक्रम उत्पादकहरुले भोग्नु परेका समस्या, चुनौती र सिकाईका विषयमा बृहत छलफल गरिएको हो ।

उक्त अवसरमा कार्यक्रमको सम्झौता सकिएसँगै हाल कार्यक्रम स्थगीत भएका कारण फेरी कार्यक्रम उत्पादनलाई निरन्तरता दिनुपर्ने माग गरिएको थियो ।कार्यशालामा सहभागी अधिकांश स्टेशन प्रमुख र कार्यक्रम उत्पादकहरुले कार्यक्रम निरन्तरताको माग गरे । उक्त अवसरमा बोल्दै देवी भण्डारीले कार्यक्रम उत्पादा गर्ने क्रममा धेरै कुरा सिक्न पाएको बताइन् ।

उनका अनुसार कार्यक्रमबाट सञ्चारकर्मीहरुले समेत धेरै कुरा सिक्ने अवसर पाए ।‘ निकै राम्रो सिकाई भएको छ । कोरोनाका बेलामा हामीले महत्वपूर्ण सूचनाहरु स्रोतालाई दिने प्रयास गरेका छौँ । आशा छ, हागामी दिनमा पनि कार्यक्रमको निरन्तरता हुनेछ ।’ उनले भनिन् । यस्तै स्टेशन प्रमुखहरुको तर्फबाट बोल्दै रेडियो सिंजा जुम्लाका स्टेशन म्यानेजर मोहन बिक्रम शाहीले कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए । उनले कार्यक्रम निरन्तरताको माग गरे ।

यस्तै कार्यक्रमा आगामी दिनमा समेत कसरी संगै जान सकिन्छ भन्ने विषयमा अन्तरक्रिया समेत भएको थियो । उक्त अवसरमा अनुगमन तथा मूल्याकनका बारेमा स्वीकृती अमात्यले प्रस्तुतिकरण दिएकी थिइन् । यस्तै कार्यशालाको अन्त्यमा बोल्दै एनसेटका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले एक वर्ष सम्म निरन्तर चलेको रेडियो कार्यक्रम निकै प्रभावकारी भएको बताए ।

औपचारिक सम्झौँता अनुसार समय सीमाभित्र सञ्चालन भएपनि आगामी दिनमा सोही अनुसार अघि बढ्नु पर्ने उनले बचाए । यस्तै कार्यक्रमले रेडियोकर्मीहरुको क्षमता विकासमा सहयोग पुगेको आफूले महशुस गरेको उनको भनाइ थियो । उनले भने, ‘रेडियो कार्यक्रम प्रभावकारी भएको छ । तर हाम्रो लक्ष्य पुरा भएको छैन । आगामी दिनमा कुनै न कुनै हिसाबमा हामी सहकार्य गर्नेछौँ । अहिलेसम्मको यात्राको लागि सबैलाई धन्यावाद छ । ’

प्रकाशित मितिः बिहिबार, असार १७, २०७८     8:26:47 AM  |