जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल



कोहलपुर,  जिल्ला प्रशासन कार्यालय बाँकेले सम्पूर्ण जिल्लाबासीलाई अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी अपिलमा दोस्रो चरणको कोरोना संक्रमण पूर्ण रुपमा अन्त्य नभएको र सम्भावित तेस्रो लहरको कोरोनाको उच्च जोखिम रहेको भन्दै अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पुरा गर्न भनिएको हो ।

बाँके भारतसँग खुल्ला सीमा जोडिएको जिल्ला भएकाले पनि त्यहाँको प्रभाव बाँके जिल्लामा पनि पर्न सक्ने सम्भावनालाई गम्भीरतापूर्वक लिई सो सऋभावित जोखिमको रोकथाम र नियन्त्रणका लागि सार्वजनिक स्थलमा भीडभाड नगर्न आग्रह गरिएको छ ।

यस्तै गेलालद्धारा जारी विज्ञप्तिमा सेनिटाइजर प्रयोग गर्न र भौतिक दुरी कायम राख्नका लागि सार्वजनिक निकाय तथा निजी व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड लागु गर्न अनुरोध गरिएको हो । अहिलेसम्म बाँके जिल्लामा अहिलेसम्म १७ हजार ५ सय जना संक्रमित हुनका साथै ६ सय ७१ ज्नाको मृत्यु भइसकेको छ ।

‘ जिल्लामा पछिल्लो समय संक्रमण दर कम हुँदै गएकोले विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको थियो । दैनिक व्यवसाय देखि सार्वजनिक यातायात सम्म विस्तारै खुल्दै लगिएको छ । दोस्रो चरणको कोरोनाको लहर अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । तेस्रो चरणको जोखिमयुक्त लहर आउँदैछ ।

त्यसैले सम्पूर्ण नागरिक समेत रहनु होला ।’ प्रजिअ गेलालद्धारा जारी सूचनामा भनिएको छ । नियमको पालना नगर्ने हरेक नागरिकलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश– २०७८ अनुसार कारबाही हुने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २०७८ असार १७ गते बिहीबार