20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अनेरास्ववीयू बाँकेले तोक्यो पालिका संयोजक, कोहलपुरको जिम्मेवारी थापालाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ११, २०७८  

कोहलपुर :  नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन बाँकेले जिल्लाका आठ वटै पालिकामा संयोजक र सह संयोजक तोकेको छ ।

असार आठ गते बसेको चौथो पूर्ण बैठकले स्थानीय तहको जिम्मेवारी तोकेको हो । संयोजक दिनेश केससी र सचिव प्रकाश विकद्धारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लामा आठ वटै स्थानीय तहमा जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।

जस अनुसार कोहलपुर नगरपालिकाको संयोजकको जिम्मेवारी बलिराज थापालाई प्रदान गरिएको छ । यस्तै कोहलपुरको सह संयोजकको जिम्मेवारी रेशम ढकालले पाएका छन् ।

प्रकाशित मितिः शुक्रबार, असार ११, २०७८     11:04:38 AM  |