कोहलपुर ।
नेपाल लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालय एकै दिन चार जनाको परिवारलाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ । बिहिबार कोभिड १९ का कारणले मृत्यु भएका व्यक्तिका परिवालाई कोहलपुर शाखा कार्यालयले मृत्युदावी रकम हस्तान्तरण गरेको छ ।
कोभिडका कारणले रत्न बहादुर शाही, भद्र बहादुर वली अर्जुन कुमार अधिकारी, युवराज घिमिरे विभिन्न मितिमा मृत्यु भएको थियो । मृत्युपश्चात मृतक परिवालाई क्रमशः ३ लाख ४७ हजार ५ सय, ५ लाख ३२ हजार ५ सय, ६ लाख ९५ हजार, १ लाख ८३ हजार रकम हस्तान्तरण गरेको थियो ।
यस्तै रत्न बहादुर शाहीको पत्नी सुसिला शाही, भद्र बहादुर वलीको पत्नी अनिता वली, अर्जुन कुमार अधिकारीको पत्नी आभा आनन्द, युवराज घिमिरेको पत्नी ईश्वरी कुमारी पराजुलीलाई मृत्युदावी रकम हस्तान्तरण गरेको कोहलपुर शाखाका प्रमुख विष्णु प्रसाद शर्माले बताए ।
उनका अनुसार बिमामा आउनुपर्ने रकम समयमै नआउने, कागजी कामकाज लामो र झन्झटिलो हुने जस्ता अफहवाका कारण बिमाप्रति वितृष्णा बढिरहेको अवस्थामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० दिनभित्रै मृत्युुदावी भुक्तानी दिएर बिमा प्रतिको विश्वास कायम राख्न सफल भएको कोहलपुर शाखाका प्रमुख शर्माले बताए ।
यस्तै शर्माका अनुसार कम्पनीका सबै काम डिजिटल माध्यमाबाट हुने कुरा जानकारी गराउदै आउँदो दिनमा अनलाईनको माध्यमबाट दाबिकर्ता आफैले घरैबाट नै भुक्तानी लिने ब्यवस्था मिलाईने बताए । यस्तै कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख उवासंघका केन्द्रिय सदस्य चक्र, अधिकारीले सहज र सरल बनाउनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार कोहलपुरमा एक घर एक विमा भन्ने नाराका साथ अग्रणी रुपमा लाग्ने समेत प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्