काठमाडौं : लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई अध्यक्षमा नियुक्त गरेकी हुन्।
संवैधानिक परिषद्ले वैशाख २७ गते गरेको सिफारिस अनुसार रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए।
त्यसैगरी आयोगको सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकमारी महतो नियुक्त भएका छन्। योसँगै राष्ट्रपति भण्डारीले बिहीबार एकसाथ संवैधानिक आयोगका २० पदाधिकारीलाई नियुक्त गरेकी छन्।
प्रकाशित मिति : २०७८ असार १० गते बिहीबार










प्रतिक्रिया दिनुहोस्