प्रभु साहलाई नगरसभामा प्रमुख अतिथि बनाएपछि कुटाकुट, स्थिती तनावग्रस्त



रौतहट ।

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहलाई प्रमुख अतिथि बनाएपछि झडप भएको छ। शाहकी पत्नी रीनाकुमारी साहले प्रमुख अतिथि बनाएपछि नगर सभामै झडप भएको हो।

रीना मेयर मौलापुरकी मेयर हुन्। साह माओवादी छाडेर एमाले प्रवेश गरेका नेता हुन् । साहलाई प्रमुख अतिथि बनाइएकामो विरोध भएको थियो। झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुँ ग्याँस नै प्रयोग गर्नुपरेको छ।

रौतहट प्रहरीका अनुसार नगरपालिकाको मेयर रीना कुमारी साह र विपक्षी समूहबीच झडप भएको हो । झडपमा प्रभु साह पक्षधर र उनीविरोधी माओवादी, एमाले र काँग्रेस पक्षधरबीच कुटाकुट भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १० गते बिहीबार