30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

२४७ थपिए, २९३ डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

नेपालगञ्ज ।

बाँकेमा पछिल्लो २४ घण्टामा थप २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका तीन प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १४ महिला र १ सय ३३ पुरुषमा कोरोना पुष्टि भएको हो । केही दिनयता जिल्लामा नयाँ संक्रमितको थपिने संख्या घटिरहेको बेला पछिल्लो २४ घण्टामा भने बढेको छ ।

भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा १ सय ६ महिला र १ सय २१ पुरुष गरि २ सय २७, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ६ महिला र ९ पुरुष गरेर १५ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा २ महिला र ३ पुरुष गरेर ५ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ७ सय ९६ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । तीमध्ये ७ हजार १ सय ५१ महिला र ९ हजार ६ सय ४५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा यहाँका तीन प्रयोगशालामा जिल्ला बाहिरका १ सय २२ महिला र १ सय ९० पुरुष गरेर ३ सय १२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २ सय ४७ नयाँ संक्रमित थपिदाँ जिल्लामा थप २ सय ९३ संक्रमित कोरोना जितेर डिस्चार्ज भएका थिए । जिल्ला कोभिड–१९ व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार १ सय ३० महिला र १ सय ६३ पुरुष गरेर थप २ सय ९३ जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या ६ हजार ४ सय २९ महिला र ८ हजार ७ सय ९ पुरुष गरेर १५ हजार १ सय ३८ पुगेको छ ।

पछिल्लो समय बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या बढिरहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए । जिल्लाका विभिन्न अस्पतालहरुमा पछिल्लो २४ घण्टामा बाँके भित्रका थप ५ संक्रमितको उपचारमा क्रममा मृत्यु भएको
थियो । सोमबार पछिल्लो ४८ घण्टामा संक्रमणका कारण एक संक्रमितको मात्र मृत्यु भएको थियो । तर पछिल्लो २४ घण्टामा भने जिल्लामा ३ महिला र २ पुरुष गरेर ५ संक्रमितको उपचारकै क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

योसँगै जिल्लाभित्रका मृत्यु हुने संक्रमितको संख्या १ सय १९ महिला र १ सय ६० पुरुष गरि २ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालहरुमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९ संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । ३ महिला र ६ पुरुषको उपचारमा क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै जिल्ला बाहिरका मृत्यु हुने संक्रमितको संख्या ७७ महिला र १ सय ७८ पुरुष गरेर २ सय ५५ पुगेको छ ।

बाँकेमा मंगलबार साँझसम्म ६ सय ३ महिला र ७ सय ७६ पुरुष गरेर १३ सय ७९ सक्रिय संक्रमित रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । तीमध्ये ४ सय ३२ महिला र ७ सय ३४ पुरुष गरेर १ हजार १ सय ६६ संक्रमित होम आइसोलेसनमा रहेका छन् । १ सय २४ महिला र २ सय ३८ पुरुष गरेर ३ सय ६२ संक्रमित भने अस्पताल र आइसोलेसन सेन्टरमा रहेको बताइएको छ । बाँकेका अस्पतालहरुमा जिल्ला बाहिरका १ सय ४९ जना संक्रमितले उपचार गराइराखेका छन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     6:15:21 AM  |