19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

अमर बिष्टले गरे जुम्लाका विपन्न नागरिकलाई खाद्यान्न सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

कोहलपुर :

दोस्रो चरणको कोरोना संक्रमणका कारण लागु गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न नागरिकलाई जुम्लाका एक युवाले खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकामा रहेका विपन्न नागरिकहरुलाई समाजसेवी विष्टले निःशुल्क खाद्यान्न सहयोग गरेका हुन् ।

हिलो चरणको कोरोना संक्रमणको अवस्थामा पनि बिष्टले जुम्लाका दलित समुदाय विपन्न नागरिक, अपांगता भएका व्यक्ति र असहायहरुलाई खाद्यान्न सहयोग गरेका थिए । हाल अमेरिकामा रहेका उनले दुवै पालिकाका १६ जना विपन्न नागरिकहरुलाई सहयोग गरेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर भएका, निषेधाज्ञामा जिविकोपार्जनमा समस्या भएका र असहायहरुलाई प्रति व्यक्ति एकएक बोरा चामल, एक केजी नुन र तेल सहयोग गरिएको हो । पहिलो चरण देशभर व्यक्तिगत खर्चमा १६ लाख सम्मको सहयोग गरेका उनले दोस्रो चरणको कोरोना संक्रमणको अवस्थामा पनि जुम्ला र कञ्चनपुरमा सहयोग गरेका हुन् ।

 

 

सुदुरपश्चिमको कञ्चनपुरले बिष्टले केही दिन अघिमात्र स्वास्थ्य सामग्री सहयोग गरेका थिए । जुम्लाको पातारासी गाउँपालिकाका स्थायी बासिन्दा समेत रहेका बिष्टले कोरोना कहरको बेलामा समस्यामा परेका नागरिकलाई राहत होस भन्ने उद्देश्यले आफूले खाद्यान्न सहयोग गरेको बताएका छन् ।

उनका अनुसार महामारीको बेलामा राज्यले सहयोग गर्नुपर्ने हो । तर राज्यले अहिले पनि नागरिकहरुको सुरक्षामा ध्यान दिन नसकेको उनको भनाइ छ । स्थानीय सरकारले पनि नागरिकको सुरक्षामा ध्यान दिन नसकेको उनले बताए । यता कोरोना महामारीको समयमा खाद्यान्न पाउँदा आफूलाई धेरै खुसी लागेको लालमती सुनारले बताइन् ।

उनका अनुसार कोरोनाकाक कारण का मगर्न पाइएको थिएन । मजदुरी गरेर छोराछोरी पाल्दै आएकी उनी खाद्यान्न सहयोग पाउँदा निधै खुसी देखिन्छिन् । भन्छिन्, ‘हामीले भोट दिएर जिताएको सरकारले केही सहयोग गरेन । कोरोनाका कारण साँझविहान हातमुख जोड्न समेत समस्या भइरहेको थियो । अब भने केही समय राहत हुने भएको छ । सहयोग गर्नेलाई धन्यावाद ।’

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     11:21:36 AM  |