चार बालक सहित सात जना पक्राउ



कोहलपुर :

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा कार्यरत सहायक सुचक प्रविण थापा मगरको हत्यामा संलग्न ७ सात जना पक्राउ परेका छन् । सहायक सूचक थापा मगरको माघ २ गते नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ सुर्जीगाउँका रामसेवक खटिकको तोरीबारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उनको हत्या भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न सात जनालाई पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर रानाका अनुसार उक्त घटनामा संलग्न १६ देखि १७ वर्ष सम्मका चार बालक सहित अन्य तीन जना रहेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज–६ फुल्टेक्राका १७ वर्षीय बालक, नेपालगन्ज वडा नम्बर ५ बसपार्कका १६ वर्षीय बालक र बाँकेको राप्तीसोनारी १ कुसुम घर भइ नेपालगन्ज वडा नम्बर ४ गणेशपुर बस्ने १७ वर्षीय बालक तथा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भइ नेपालगन्ज–२ घरबारीटोल बस्ने १६ वर्षीय बालक रहेका छन् । यस्तै नेपालगन्ज वडा नम्बर १८ लग्दहवाका २४ वर्षीय कर्की भनिने दिनेशकुमार कुर्मी (बर्मा) पक्राउ परेका छन् । उनी मजदुरी गर्दै आएका छन् ।

सुर्खेतको गुर्भाकोट–१४ गुमी घर भएका भइ नेपालगन्ज वडा नम्बर १८ बस्ने १९ वर्षीय निश्चल गुरुङ, जाजरकोटको जुनेचाँदी ७ दह घर भइ नेपालगन्ज वडा नम्बर ४ बसपार्क बस्ने २१ वर्षीय तेज मगर भनिने तेजबहादुर बीएम पक्राउ परेका छन् । प्रहरी प्रमुख रानाले प्रविणको हत्या गरिएको घटनास्थल नजिकैको कालिकामाई मन्दिर बगैँचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोबार गर्ने ठाउँको रूपमा रहेको छ ।

उक्त दिन सहायक सूचक मगर सूचना संकलनका लागि साथी दिनेशकुमार कुर्मीसँगै गएको अनुसन्धानबाट खुलेको उनको भनाइ थियो । रानाले उनको हत्यामा संलग्नहरुको खोजीहरुको सिआइवी, जिल्ला प्रहरी कार्यालय बाँकेबाट विशेष टोली खटिएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय कैलाली समेत हत्यारा पक्राउ गर्न सहयोग गरेका थिए ।

पक्राउ परेका कुर्मीबाहेक अन्य ६ जना गाँजा सेवनका लागि माघ १ गते ६ बजेतिर बगैँचामा पुगेको अनुसन्धानबाट खुल्न आएको छ ।‘ प्रविणको हत्या हुनुको प्रमुख कारण नै गाँजा हो । उनीहरु बीच सामान्य विवाद भएको देखिन्छ । प्रविणले आफूसँगै गएका साथीलाई छुटाउन जाँदा अर्कापक्षबाट उनी पनि चिर्पटको प्रयोग भएको छ । ’

उनले भने ।राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा कार्यरत सहायक सुचक प्रविण थापा मगर उक्त स्थानमा टाउकाको पछाडि भाग,निधारको बाँया भाग, माथिल्लो ओठ, दुवै खुट्टाको घुडा, नली, हात, शरिरको विभिन्न भागमा चिरपट दाउरा (पट्टा) प्रहार गरी विभत्स हत्या गरिएको अवस्थामा भेटिएका थिए । उनको हत्याको छानविनको लागि सिआइवी, जिल्ला प्रहरी कार्यालयको विशेष टोलीका साथै तालिम प्राप्त कुुकुर समेत प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहीबार