सबैभन्दा बढी फुलको खपत हुने भनेकै तिहारमा हो । विगतका वर्षहरुमा भारतबाट आयात गर्नुपर्ने फुल अहिले भने बाँके, दाङ लगायतका जिल्लामा नै उत्पादन हुने गर्दछ । बाँके पनि विस्तारै फुलमा आत्मनिर्धर बन्दै जान थालेको छ । स्थानीय स्तरमा नै फुल खेती हुन थालेपछि बाँकेमा पछिल्लो समय फुलको माग समेत बढ्दै जान थालेको छ । बाँकेमा उत्पादित फुलले तिहारमा माग धान्न नसकेपछि व्यवसायीहरुले बाहिरी जिल्लाबाट समेत तिहारमा फुल र माला मगाउने गरेका छन् ।
कोहलपुर ।
बाँके कोहलपुर नगरपालिका– २ की पुष्प व्यवसायी विष्णु चौधरीलाई अहिले भ्याइनभ्याइ छ । फूलहरुको पर्व तिहार सुरु भएसँगै उनलाई अहिले फूल विक्रि गर्न खुर्सद छैन । बाँकेमै पहिलोपटक व्यवसायिक पुष्प खेती गरेकी चौधरीलाई अहिले फुलको माग पनि धेरै छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ र वडा नम्बर २ मा गरि १० कट्ठा भन्दा बढी क्षेत्रफल जमिनमा उनले व्यवसायिक पुष्प खेती गर्दै आएकी छन् । सुविदिप पुष्प उद्यान केन्द्र कोहलपुरकी सञ्चालक समेत रहेकी चौधरीले बाँकेमा पछिल्लो समय फूलको माग बढ्दै गएको बताइन् । बजारको माग अनुसार फुल पु¥याउन नसकिएको उनको भनाई रहेको छ ।
विगतका वर्षहरुमा खासगरी भारतबाट फूल भित्रिने गरेकोमा केही वर्षयता भने बाँकेमा जिल्लामै उत्पादन भएको फूलले बजारको माग धान्ने अवस्था रहेको छ । यसपटकको तिहार पनि सुरु भइसकेकोले बजारमा फूल धमाधम गइरहेको चौधरीले जानकारी दिइन । ‘बाँकेमा पुष्पखेतीको सम्भावना एकदम राम्रो छ । मैले अहिले बजारको माग अनुसार पु¥याउन सकिरहेकी छैन । स्थानीय स्तरमा उत्पादित फूलको बजार राम्रो छ ।’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भनिन् । उनले फूल प्रतिकेजी ५ सय रुपैयाँमा बिक्रि गरिरहेको बताइन् । मालामा बिक्रि गर्दा प्रतिमाला १२० रुपैयाँ पर्ने व्यवसायी चौधरीले जानकारी दिइन् । आफूलाई बाँके सहित दाङ, सुर्खेतका साथै कैलालीबाट समेत फूलको माग हुने गरेको उनले जानकारी दिइन् । जिल्ला भित्रै पनि नेपालगञ्ज, कोहलपुर र अन्य पालिकाबाट समेत राम्रो माग भइरहेको छ ।
यसपटकको तिहारमा १ हजार वटा फूलका माला बिक्रि गर्ने लक्ष्य रहेको उनले सुनाइन् । अग्रिम अर्डर समेत भएकाले आफू विगतको वर्ष झै अहिले पनि आशाबादी रहेको उनले अवगत गराइन् । यस वर्ष उत्पादन अलि कम भएकोले अन्य जिल्लाबाट समेत फूल मगाएर ग्राहकको माग पुरा गर्ने सोचमा छिन् उनी । उनले व्यक्तिगत लगानी गरेर व्यवसाय गरेकाहरुकलाई सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ । यस्तै नेपालगञ्जकी बिन्दु चर्ती मगरलाई पनि तिहार मज्जाले लागेको छ । तीन वर्षअघि ६ कठ्ठाबाट व्यवसाय सुरु गरेकी उनले अहिले व्यवसायिक रुपमा पुष्प खेती गर्दै आएकी छिन् । नेपालगञ्ज उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य समेत रहेकी उनी भारतबाट आयात हुने फूल र मालका कारण जिल्लाका उत्पादन बिक्रिमा समस्या हुने गरेको बताउँछिन् ।
उनले पनि बाँकेमा पुष्प खेतीको राम्रो सम्भावना भएको बताइन् । उनी पनि अहिले दैनिक हजारौको व्यापार हुने गरेको बताइन् । उनका अनुसार यो वर्ष कोरोनाका कारण केही ग्राहकहरुको संख्या भने घटेको छ । यता कोहलपुरमा व्यवसाय गर्दै आएका एक जना व्यापार धनबहादुर कुँवर पनि विगतका वर्षहरुमा भारतमा फूल आयात गर्नु पर्ने बाध्यता रहेपनि अहिले पनि बाँकेमै उत्पादित फूलहरु आफूहरुले बेचिरहेको बताउँछन् । उनका अनुसार बाहिरको भन्दा आफ्नै ठाउँमा उत्पादन गरेको फूल गुणस्तरीय छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिनको लागि पनि भारथबाट आएका फूलहरु आफूले नबेच्ने उनले बताए ।
उनले पनि तिहारको समयमा बाँकेमा उत्पादन भएका फूल बेच्ने गरेका छन् । पछिल्लो समय लुम्बेनी प्रदेशमा पुष्प व्यवसायीहरुको संख्याम निकै बढेको छ । पुष्पखेतीमा विशेगरी महिलाहरुको आकर्षण समेत बढी देखिएको छ । लुम्बिनी प्रदेशका बाँके, रुपन्देही र पाल्पा लगायतका जिल्लामा पुष्पखेती व्यवसायिक रुपमा हुने गरेको पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश पाण्डेले जानकारी दिए । यो प्रदेशमा वार्षिक २५ करोड रुपैयाँको फूल कारोबार र करिब २० करोड लगानी भएको उनी बताउँछन् । उनका अनुसार प्रदेशमा पुष्प खेतीमा करिब ५ हजार जनाले रोजगारी पाएका छन् । किसानले परम्परागत ढंगले फूल खेती गर्दा लागत बढी परेर भारतीय फूलसँग प्रतिस्पर्धा गर्न कठिन भएको अध्यक्ष पाण्डेले दाबी
गरे ।









प्रतिक्रिया दिनुहोस्