20 June 2024  |   बिहिबार, असार ७, २०८१

कट्टु लगाएर सिडिओ कार्यालय छिरेको अभियोगमा दुई युवक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार २४, २०८०  

धुलिखेल ।

धुलिखेलस्थित काभ्रेपलाञ्चोकको सिडिओ कार्यालयमा कट्टु (हाफ पाइन्ट) लगाएर छिरेका दुई युवक पक्राउ परेका छन्।

राहदानी बनाउन गएका भनिएका ती युवकको अमिल्दो पोशाक र होहल्लाका कारण नियन्त्रणमा लिइएको बताइएको छ।

‘आज बिहान पौने १२ बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो,’ जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो। काभ्रेको चौरी देउराली गाउँपालिका ४ का केशवप्रसाद गौतमका २७ वर्षे छोरा सुरज गौतम, नमोबुद्ध नगरपालिका ७ का राजकुमार श्रेष्ठका १६ वर्षे छोरा रेजियन श्रेष्ठ पक्राउ परेका हुन्।

उनीहरुले काम ढिलो भएको भन्दै हल्ला गरेपछि प्रहरीले कार्यालयभित्र कट्टु लगाएर आएको आरोप लगाएको थियो। आफूहरुले सम्झाउँदा पनि नमानेको र प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलसँग मुखमुखै लागेपछि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ।

 

प्रकाशित मितिः आइतवार, असार २४, २०८०     7:30:25 PM  |