काठमाडौं :
आइतबार देशभर ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि कोरोना पुष्टि भएको हो ।
आइतबार मात्रै देशभर १२ हजार जनाको पीसीआर परिक्षण भएको थियो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ७२ जनामा कोरोना पुष्टि भएको जनाए।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार










प्रतिक्रिया दिनुहोस्