कोहलपुर ।
बाँकेमा आईतबार ४८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये वडा प्रहरी कार्यालयका इन्स्पेक्टर सहित ३० जना प्रहरी रहेका छन् । वडा प्रहरी कार्यालयबाट उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ साउन २५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्