24 June 2024  |   सोमवार, असार ११, २०८१

कस्तो अवस्थामा मतपत्र बदर हुन्छ ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर ३, २०७९  

मिसन संवाददाता नेपालगन्ज (बाँके),
मंसीर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन एक साथ हुँदैछ । निर्वाचनको दिन मतपत्र बदर हुन सक्ने उत्तिकै सम्भावना हुन्छ । किनभने विगतका निर्वाचनमा मतपत्र बदर भएकाले यसपटक मतदाताले ध्यान नदिँदा पनि बदर हुन सक्छ । मतपत्र बदर हुन सबैभन्दा बढी सचेत मतदाता नै हुनुपर्छ ।


मतदानको दिन मतदाताले सही तरिकाले मतपत्र चिह्नमा स्वस्तिक छाप नलगाउँदा बदर हुने गरेको छ । कतिपय मतदाताले मतदाता शिक्षा पाएका हुँदैनन् । यसअघि भएको स्थानीय, संघ र प्रदेशसभा सदस्यको निर्वाचनमा मतपत्र बदर भएका थिए । ब्यालेट बाकसमा मतपत्र खसाउनु अघि बदर हुन नदिन सबैभन्दा बढी मतदाता नै सचेत हुनुपर्छ । हरेक निर्वाचनमा मतपत्र किन मतपत्र बदर हुन्छ ? यस्ता विषयहरू एकदमै सोचनीय भएका छन् । आखिर मतपत्र किन हुन्छ बदर ?
– मतपत्र च्यातिएमा ।
– मतदान अधिकृतको हस्ताक्षर नभएमा ।
– दुईवटा निर्वाचन चिह्न रहेको कोठामा बीचमा पर्ने गरी मत संकेत गरेमा ।
– स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा ।
– एकभन्दा बढी चिह्नमा मत संकेत गरेमा ।
– मतपत्र स्वस्तिक छापबाहेक अन्य संकेत जस्तैः औठा छाप, हस्ताक्षर आदिले मत संकेत गरेमा ।
– निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत संकेत गरेमा ।

प्रकाशित मितिः शनिबार, मंसिर ३, २०७९     9:32:44 AM  |