बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । जिल्लाका ८ पालिकामध्ये मंगलबारसम्म कोहलपुरमा कोरोना संक्रमण देखिएको थिएन । यद्यपी बुधबार कोहलपुर नगरपालिका १२ चप्परगौंडीको ज्ञानज्योती माविको क्वारेन्टाईनमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
भारतबाट आएर क्वारेन्टाईन बसिरहेका १८ देखि २२ वर्ष उमेर समुहका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनिहरुलाई गत जेठ ८ गते भारतबाट नेपाल ल्याएर वागेश्वरी क्याम्पसमा रहेको क्वारेन्टाईनमा राखिएको थियो । जेठ १२ कोहलपुर १२ चप्परगौंडीको ज्ञानज्योती मावि क्वारेन्टाईनमा सारीएका ब्यक्तिहरुलाई पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमण पुष्टि भएसँगै उनिहरुलाई आईसोलेशन सेन्टरमा लैजाने तयारी गरीएको कोहलपुर नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख डिल्ली पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार उनिहरुलाई कोहलपुर ८ पिपिरीमा रहेको आईसोलेशन सेन्टरमा राखिने भएको छ ।









प्रतिक्रिया दिनुहोस्