कोहलपुर :
बाँकेको अगैया नजिकैको जंगलमा भएको सवारी दुर्घटनामा ११ जनाएको मृत्यु भएको छ । आइतबार राती नेपालगञ्जबाट छिमेकी जिल्ला दांग जादै गरेको यात्रु बाहक फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थल मै मृत्यु भएको हो भने थप २२ जना यात्रु घाइते भएका हुन् ।
उक्त मिनी बस जंगलमा ट्रक सँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मिनी बसमा भारतबाट आएका मानिसहरु सवार थिए । फोर्स गाडीमा चालक समेत गरि सवार ३३ जना सवार रहेका बताइएको छ ।
आइतबार राती करीब ११ बजे बाँकेको शमशेरगंज र अगैयाको बीच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिएको हो ।
बाँकीसबै घाइते हरूलाई उक्त दुर्घटना पछि नेपालगञ्जबाट गएका सत्यानी सेवा समाजका अध्यक्ष दशरथ चन्द लगायतको टिम,जनपद तथा शसस्त्र, ट्राफिक प्रहरीले राती घटनामा परेका घाइते तथा मृर्तक हरुलाई राती अबेर करिब २ बजे नेपालञ्ज भेरी अस्पतालमा ल्याई पुर्याइएको घटना स्थल पुगेको प्रहरीलाई उदृत गर्दै सल्यानी सेवा समाज बाँकेले जानकारी दिएको छ।
भेरि अस्पतालको अपडेट
भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगन्जबाट दाङ तर्फ गैरहेको गाडी बाँकेको अगैयामा दुर्घटना । ३३ सवारी चालक समेत गरि मध्ये ११ को मृत्यु भएको हो । त्यसमा १० पुरुषं १ महिला रहेका छन् । अहिले बाँकी २१ पुरुष र १ महिला को भेरी अस्पतालमा उपचार भइरहेको छ । ।
४ जना अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्