28 April 2024  |   आइतवार, बैशाख १६, २०८१

कोबिड–१९ रिलिफ फण्ड बाँकेबाट ६ वटा पालिकालाई रकम हस्तान्तरण

यानबी साहु
प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६  

कोहलपुर/   विश्वमा महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस अर्थात कोभिट–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशभर ‘लकडाउन’ गरेको छ । सरकारले आह्वान गरेको ‘लकडाउन’ का कारण विशेष गरी ज्याल मजदुरी गर्ने वर्गका नागरिकहरुलाई छक टार्न मुस्किल हुने गरेको छ । सोही अवस्थालाई मध्यनगर गर्दै प्रदेश नम्बर ५ की प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले चैत्र १३ गते स्वः स्फूर्तरुपमा मानविय सहयोग समिति निर्माण गरी आ–आफ्नो क्षेत्रबाट सहयोगको अपिल गरिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ‘कोभिड–१९ भन्ने भाइरल रोगबाट बिश्वभरि फैलिएको प्रकोपबाट हाम्रो देश नेपाल र हामी नेपाली पनि अछुतो रहेनौ । यो प्रकोपबाट स्वास्थ्य क्षेत्र त प्रभाबित छदैँछ । यसले दैनिक ज्यालादारी, मजदुरी गरी जिबिका धान्ने वर्गहरुको एक छाक खाने अवस्था गुम्ने भएको छ । विशुद्ध मानवताको कर्तब्य वोध भई बाँके जिल्लामा यो लकडाउनको परिस्थितिमा सृजित अवस्थालाई केहि राहत स्वरुप हाम्रो तर्फबाट प्रयासहरु कोबिड–१९ रिलिफ फण्ड बाँके आजैका मितिवाट शुरू गरेका छौ । यो फण्ड माथि उल्लेख गरेका लक्षित वर्गलाई अति आवश्यकीय खाध्यान जुटाउन खर्च गरिनेछ । यसको सबै हिसाव किताव सार्वजनिक गरिनेछ । मैले मेरो तर्फवाट पचास हजार रुपैयाा आजै जम्मा गरें । आउनुहोस यो विश्व संकटको घडिमा हातेमालो गरि आफु पनि बाचाँै, अरुलाइ पनि बचाउँ ।’प्रदेश सांसद नमुनाको पहलमा स्थापना गरिएको कोबिड–१९ रिलिफ फण्ड बाँके नामक कोषमा सहयोग गर्नेहरुको संख्या दैनिक थपिदै गयो । कोषमा उनले स्वयं ५० हजार जम्मा गरी सुरुवात गरेकी थिइन् । कोषले पूर्णता पाएसंगै १३ सदस्यीय समिति समेत निर्माण गरियो । उक्त कोषमा अहिलेसम्म विभिन्न सहयोगी सहायतामा करिब साढे पाँच लाख रकम जम्मा भएर पनि विभिन्न पालिकाहरुलाई हस्तन्तरण गर्ने काम भइरहेको छ । उक्त कोषमा जम्मा रकम बाँकेका एउटा नगरपालिका र ५ वटा गाउँपालिका गरी ६ वटा पालिकालाई हस्तान्तरण गरिसकिएको छ भने उन्य दुई पालिकालाई पनि हस्तान्तरण गर्ने तयारी गरिएको सांसद नमुनाले जानकारी दिइन् ।कोहलपुर नगरपालिका, बैजनाथ, जानकी, राप्तीसोनारी, खजुरा र नरैनापुर गाउँपालिकालाई प्रति पालिका ८६ हजार ५ सय ३० रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरिएको छ भने नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकामा पनि छिट्टै हस्तान्तरण गरिने उनले बताइन् । जसअन्तर्गत १,००० केजी चामल, २०० केजी दाल, १०० केजी नुन, १०० लिटर तेल र १३५ वटा सावुन प्रतिपालिका हस्तान्तरण गरिएको छ ।

लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाई कोष स्थापना गरिएकोले उनीहरुको सहायताका लागि पालिकाहरुमार्फत वितरण गरिनेछ । उक्त सहयोग रकम आफूहरुले सिधै वितरण नगररे सम्वन्धित पालिकाका मेयर/अध्यक्ष/ उपमेयर/उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतमार्फत वितरण गर्न लगाएको सांसद नमुनाले बताइन् । यस्तै कोषमा जम्मा भएको रकमको आय व्यय सबै सार्वजनिक गरिने पनि उनले बताइन् ।

सहयोगीहरुको नाम

कोबिड–१९ रिलिफ फण्ड बाँके कोषमा स्वयं सांसद नमुनाले ५० हजार, भेरी अस्पतालका डा. राजन पाण्डेले ५० हजार, डा. कुमार सान शाहले ५० हजार, सोफिया स्कुल नेपालगञ्ज ३० हजार, सहकारी बैक सञ्चालक समिति सदस्य बिजया धितालले २५ हजार, स्वास्थ्यकर्मी प्रदिप ओलीले २५ हजार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग बिशेषज्ञ डा. रोमा बोराले २१ हजार, नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य भिम रानाभाटले ११ हजार १ सय १, केपि भण्डारीले १० हजार १ सय ५, गिरीराज भुसाल, तेज प्रसाद रेग्मी, कुष्माखर बस्याल, सोहनलाल यादव र अमर ओली कोरियाबाट जनही दश÷दश हजार, केदार उप्रेतिले हजार ५ सय, मिना सुवेदी ढकाल, मुकुट ढकाल, रमेश थापा, मिना मल्ल, रेद्य भण्डारी र सौभाग्य ओझाले ५–५ हजार र विद्यार्थी नेता सुर्य घर्तिमगरले ३ हजार, अधिवक्ता लोकबहादुर शाहले ५१ हजार, दमनध्वज क्षेत्री १० हजार दिपबहादुर घर्ती ५ हजार, मोहित शाह ५ हजार सहयोग गरेका र गर्ने प्रतिवद्धता जनाएका सहयोगीदाताहरु हुन् । अन्य केहि दाताहरुको नाम छुटेको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६     8:49:59 AM  |