नगरपालिकाले राहत वितरणमा ढिलाई गरे वडाबाटै उपलब्ध गराउँछौँ : वडाध्यक्ष चलाउने



कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष निमबहादुर चलाउनेले ज्याला मजदुरी गर्नेहरुका लागि नगरपालिकाले उपलब्ध गराउने राहतमा ढिलाई गरे वडाबाटै उपलब्ध गराउने बताएका छन् । विश्वमा महामारीको रुपमा फैलिएको रोकोना भाइरस अर्थात कोभिट–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको अवस्थामा ज्याला मजदुरी गरेर खानेहरुका लागि मुस्किल भइरहेको अवस्थामा नगरपालिकाले राहतमा ढिलाई गरे आफ्नो वडाका नागरिकहरुलाई वडामा छुट्याइएको विकास बजेटलाई नै रकमान्तर गरेर वितरण गरिने बताए ।‘कोहलपुर नगरपालिकाको बिहीबार बस्ने बैठकमा व्यापक छलफल गरेर उनीहरुलाई खाद्यन्न तथा आर्थिक प्याकेज उपलब्ध गराउने भन्ने निर्णय गर्ने प्रस्ताव गरिसकेको छ, उनले भने यदि नगरपालिकाबाट त्यो प्याकेज ढिलो आउन सक्ने सम्भावना भएमा वडाको विकासको लागि राखिएको जगेडा कोष विकास बजेटलाई रकमान्तर गरेरै भएपनि व्यवस्थापन गर्छौ ।’

कोराना रोकथाम तथा नियन्त्रणका लागि वडामा रहेका टोल विकास समितिलाई सक्रिय पारिएको छ । भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिरुको निगरानी तथा उनीहरुमा सम्भावित संक्रमण देखिएको खण्डमा क्वारेन्टाइनसम्म पु¥याउन टोल विकास समितिसंगै वडा सदस्यहरुलाई पनि खटाइएको वडा अध्यक्ष चलाउनेले बताए । अहिले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा कार्यान्यन गर्न गराउन सबै तहका जनप्रतिनिधिहरु टोल विकास समिति, नागरिकलाई आग्रह गरिएको पनि उनले जनाए । यस्तै वडामा रहेका ज्याला मजदुरी गरेर खाने वर्गहरुको पनि लगत संकलन गरिएको अध्यक्ष चलाउनेले बताए । अहिलेसम्म संकलन गरिएको तथ्यांक अनुसार वडामा २ सय ८० बढी ज्याला मजदुरी गर्नेहरु रहेका छन् । उनीहरुको आवश्यकताका आधारमा राहत वितरण गरिने उनले बताए । त्यसैगरी, वडा अध्यक्ष चलाउनेले कोरोनाको महामरीबाट बच्न विशेष सर्तकता अपनाउन सबैमा आह्वान गरेका छन् । यसबाट बच्न होम क्यारेन्टाइन नै सबैभन्दा उत्तम उपाए भएको भन्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरे ।यस्तै वडा अध्यक्ष चलाउनेले बुधबार मात्रै ईलाका प्रहरी कार्यालयलाई ६० पेटी पानी वितरण गरेका थिए । कोरोना भाइरसको संत्रास बढेसंगै आम नागरिकको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुको सहजताका लागि पानी वितरण गरिएको उनको भनाई छ ।

अन्त्यमा विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा नं.१० ले गरेको पूर्व तयारीका बारेमा वडा अध्यक्ष चलाउनेसंग यानबी साहुले गरेको [अडियो कुराकानीे] ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार