१३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
खत्याड गाउँपालिका ४ जिउकाका २० वर्षीय धर्मराज रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
रावलले बालिकालाई नजिकैको पानीबाट चल्ने घट्टामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।
प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्