विश्व साहित्यमा कविताको नवीन उपविधाका रूपमा रहेको पादुकाको ‘साइनो’ विमोचन



कोहलपुर ।

लेखक तथा शिक्षक विष्णु पादुकाको साइनो नामक कृति विमोचन गरिएको छ । बाँकेको कोहलपुरमा मंगलबार होली पर्वको अवसरमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमका बीच रचना बाचन सहितका साथै पादुकाको साइनो नामक कृति विमोचन गरिएको हो ।

कृतिको पाँच जनाले संयुक्त रुपमा विमोचन गरेका थिए । महानन्द ढकाल, दामोदर पौडेल तथा लेखकका दाजु खेमराज अधिकारी लगायतले संयुक्त रुपमा विमोचन गरे । कृति माथि समिक्षा खोपिराम ओलीले गरेका थिए । कविता विधाको उप विधाको रुपमा रहेको साइनोको विषयमा सुमित्रा न्यौपाने, दामोदर पौडेर, सागर गैर, अनन्त प्रसाद पौड्यालले साइनोको बारेमा बोलेको आयोजक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले जनाएको छ ।

अध्यक्ष महानन्द ढकालका अनुसार साइनो विधामा लेखिएको यो मोफसलमा पहिलो विधा हो । उनले नेपालमा अहिले पाँच सयको हाराहारीमा स्रष्टाले यो विधामा कलम चलाइरहेको बताए । नेपालमा कविता विधाको उप विधाको रुपमा रहेको साइनो लेख्न १ वर्ष अघि मात्र भएको अध्यक्ष ढकालले जानकारी दिए ।
कृति विमोचन कार्यक्रममा ५६ जना स्रष्टाको सहभागितामा रचना बाचन, शुभकामना र होली मिलन कार्यक्रम गरिएको भएको उनले बताए ।

Image may contain: 11 people, including Sumitra Neupane, Mahananda Dhakal, Puskar Rijal and Kapil Anjan, people standing and indoor

लेखक पादुका डोल्पा जिल्लामा शिक्षकको रुपमा कार्यरत छन् । उनी कोहलपुर वडा नम्बर ३ मदनचोक निवासी हुन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा होली मिलन तथा कृति विमोचन कार्यक्रम आयोजना गरिएको हो ।

Image may contain: 5 people

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २७ गते मंगलबार