रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया,
बर्दियाको बाँसगढी नगरपालिकाको छैटौँ नगर सभा सुरु भएको छ । मंगलबार देखि सुरु भएको नगर सभामा बाँसगढी ४ का वडा सदस्य स्वर्गिय गुरु प्रसाद थारुको सोक प्रस्ताव पारित गरेको छ ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीको अध्यक्षतामा सुरु भएको नगर सभा सवारी दुर्घटनामा ज्यान गुमाएका वडा सदस्य थारुको सोक प्रस्ताव पारित गर्दै माघ ६ गते १ बजे सम्मका लागि स्थगित गरिएको छ ।
माघ ६ गते बस्ने नगर सभाको बैठ्कमा बिबिध छलफल सँगै कार्यबिधिहरु पारित गरिने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्रीले जानकारी दिए । नगर सभामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरुको सभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७६ पुस २९ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्