कोहलपुर ।
बाँकेको कोहलपुरमा दैनिक चोरीका घटना बढेका छन् । चोरी संलग्न माथि कारबाही हुन नसक्दा चोरीका घटना भएका हुन् । आईतबार बिहान हवल्दार पुरमा चोरी भएको थियो ।
यस्तै सोमबार बिहान ३ बजे तिर मिसन टुडे दैनिकको प्रधान कार्यालय रहेको मिसन अपसेट प्रेसको अगाडी रहेको मोटरसाईकल चोरी भएको छ । कार्यालय परिसरमा राखिएको भे १ प ६३८१ नम्बरको यामाहा एफजेट मोटसाईकल सोमबार बिहान चोरी भएको हो । उक्त मोटर साईकल कार्यालय परिसरमा राखिएको थियो ।
प्रकाशित मिति : २०७६ पुस १४ गते सोमबार
प्रतिक्रिया दिनुहोस्