बाँके जिल्लाको एक विकासउम्मुख क्षेत्र हो कोलपुर । कर्णाली, सुदूर पश्चिम र ५ नम्बर प्रदेशको ट्रान्जिट प्वाईन्टको रुपमा समेत रहेको छ । सहरीकरण र औद्योगिकरण सँगै शैक्षिक गन्तव्यको रुपमा समेत विकसित भईरहेको छ । कोहलपुरमा के कस्ता शैक्षिक सम्भावना रहेका छन् र शैक्षिक क्षेत्रको विकासमा लागि कस्ता क्रियाकलाप भईरहेका छन् । भन्ने विषयमा कोहलपुर नगर शिक्षा प्रमुख अनन्त कुमार पौडेलसँग गरिएको कुराकानी :
१. कोहलपुर नगरपालिका क्षेत्रमा के कस्ता गतिविधि भईरहेका छन् ?
दसैँ, तिहार र छठ पछि लामो अन्तराल पछि विद्यालय सञ्चालनमा आएका छन् । विद्यालय स्तरमा हुने दैनिक क्रियाकलाप भईरहेका छन् । शिक्षा शाखाले पनि दैनिक क्रियाकलाप गरिहेको छ । शिक्षा क्षेत्रमा आवश्यक केही नीतिहरुको निर्माण समेत गरिहेका छौ । समग्रमा नगर क्षेत्रको विकास र विस्तारको लागि सक्रियताका साथ काम भइरहेको छ । कोहलपुरको शैक्षिक विकासको आधार तयार हुदैछ ।
२. नगर समृद्धिमा शिक्षा क्षेत्रको भूमिका कत्तिको महत्वपुर्ण हो जस्तो लाग्छ ?
मानव विकासको प्रमुख सूचक शिक्षा हो । शिक्षालाई मानवको तेस्रो आँखाको रुपमा समेत परिभाषित गरिन्छ । अहिलेको प्रतिष्पर्धात्मक जमानामा शैक्षिक क्षेत्रको विकास हुन अनिवार्य छ । शिक्षाको विकास भएमात्रै देशको विकास हुन्छ । सरकारले पनि शिक्षा विकासलाई प्राथमिकता दिएको छ ।सोही अनुसार नेपालको शिक्षा क्षेत्र समेत विकासको क्रममा रहेको छ ।त्यसै गरी कोहलपुरको शैक्षिक विकासलाई हामी निकै प्राथमिकताका साथ लिईरहेका छौ । नगर विकासका अन्य सूचक मध्ये शिक्षा क्षेत्रको विकास पनि एक हो । त्यसै कोहलपुरलाई शैक्षिक क्षेत्रको रुपमा विकास हाम्रो यात्रा जारी रहेको छ । कूनै पनि क्षेत्रको कम विकास भएको भए विकास भएको मानिदैन । त्यसैले शिक्षा विकास हाम्रो प्राथमिकता हो ।
३. शिक्षा क्षेत्र प्राथमिकतामा छ भन्नु भयो, शैक्षिक क्षेत्र विकासको लागि कति रकम विनियोजन गरिएको छ ?
कोहलपुर नगरपालिका वगितका वर्षहरु भन्दा शैक्षिक क्षेत्रमा लगानी बढ्दो क्रममा रहेको छ । गत आर्थिक वर्षको शैक्षिक क्षेत्रको विकासको लागि १८ वटा बुँदा समाबेश गरिएको थियो । ९५ लाख रकम शिक्षामा छुट्याईएको थियो । चालु आवमा शिक्षा क्षेत्रका विकासका लागि नयाँ कुराहरु धेरै थपिएका छन् । कुल ३९ बुदाँमा शिक्षाको विकास प्रर्वद्धन, सर्वद्धन र परिवर्तनको कुराहरु छन् । बजेट पनि विगतको भन्दा निकै ठूलो गरिणाममा आएको छ ।अहिले कोहलपुर नगरपालिकामा शिक्षामा कुल बजेट २ करोड ६५ लाख रहेको छ । चालु आवमा कोहलपुरमा शैक्षिक विकास धेरै राम्रा प्रयासहरु थालिनेछन् । भने केही पुराना तर राम्रा कुराहरुलाई निरन्तरता दिईएको छ । शिक्षाको क्षेत्रको विकासकास लागि नीति तथा कार्यक्रम पनि बनाईएको छ ।
४. नयाँ र आकर्षक कार्यक्रमको शैक्षिक नीतिमा के के छन् ?
आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य बनाईएको छ । त्यसको लागि आवश्यक पर्ने सम्पुर्ण खर्च नगरपालिकाले नै व्यहोर्छ । अनुदानको व्यवस्था गरिएको छ । नयाँ कार्यक्रममा बालउद्यान निर्माण गर्ने, सिमान्तकृत वर्गका बालबालिकाका लागि छात्रबृत्ति कार्यक्रम, नमूना विद्यालय कार्यक्रम रहेका छन् ।
त्यसैगरी नमूना प्राथमिक विद्यालय,वित्तीय समानिकरण अनुदानको कार्यक्रम कार्यान्वयन निर्देशिका तयार गरि अनुमोदन लागि नगरकार्यपालिकामा पठाईएको छ । विज्ञान प्रयोगाला, एक विद्यालय एक आविस्कार जस्ता कार्यक्रम समेत रहेका छन् । स्थानीय खेलकूद स्रोत पुस्तक निर्माण, मिनी म्युजियम, मिनी गाडेन, ग्रीन हाउस, पुर्वाधार बाल तालिम, परियोजनामा आधारित शिक्षा प्रणालीको विकास गर्छौ । भने विपद व्यवस्थापन मैत्री भौतिक संरचना,बालबालिका मैत्री शौचालय र समावेशी कार्यक्रम र केही सेविधाहरु समेत थप गरिएको छ । ब्रिज कोर्सको समेत व्यवस्था गरिएको छ । कोचिङ शिक्षा नियमन, पुर्व प्राथमिक शिक्षा दर्ता, नमूना शिक्षक छनोट दरबन्दि मिलान लगायत छन् ।
५. साक्षर नगर घोषणा गरिएको अवस्था छ, पुर्ण साक्षर कहिले सम्म हुन्छ ?
हो कोहलपुर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा पछि शिलशिलाबद्ध रुपमा काम भईरहेको छ । हामीले नयाँ साक्षर कार्यक्रम समेत कार्यान्वयनमा ल्याएका छौ । कोहलपुर नगरपालिकालाई पुर्ण साक्षर नगर घोषणाका लागि नयाँ रुपमा अघि बढ्नु पर्ने आवश्यकता रहेको छ । सोही आवश्यकतालाई दृष्टिगत गर्दै सामुदायिक शिक्षालाई बढवा दिईरहेको अवस्था छ । पुर्ण साक्षर हुनको लागि सामुदायिक अध्ययन मार्फत ९९ प्रतिशत स्वारोजारीको अवस्था सिर्जना भएको हुनु पर्छ । अहिले हाम्रो नगरपालिकाको हकमा त्यस्तो अवस्था छैन । केही समय पछि तथ्यांक संकलन, विद्यालय छोड्ने अवस्था र कति जनसंख्या विद्यालयको दायरामा छ भनेर तथ्यांक संकलन हुदैछ । यसलाई मुर्तरुप दिनको लागि समेत हामीले नगर शिक्षा ऐन बन्ने चरणमा छ । ऐन अन्तर्गत टेकेर हामीले नगरपालिकालाई यो वर्षको अन्त्यमा सम्म पुर्ण साक्षर घोषणा गर्ने लक्ष्य राखेका छौ । यति भएन भनेपनि अर्को साल सम्म जसरी पनि नगरपालिकालाई हामी पुर्ण साक्षर नगरपालिका घोषणा गर्छौ ।
६.कोहलपुरलाई शैक्षिक हब बनाउनको लागि निजि तथा सामुदायिक विद्यालयको भूमिका के रहन्छ जस्तो लाग्छ तपाईलाई ?
शैक्षिक क्षेत्रको विकासमा विद्यालयको भूमिका रहन्छ । त्यसैले विद्यालयलाई सुविधा सम्पन्न बनाउनका आवश्यक हुन्छ । नगर शिक्षा शाखाले त्यसको विकासको लागि नै काम गरिहेको अवस्था छ । मैले अघि नै भनिसके विभिन्न आकर्षणका कार्यक्रम तय गरिसकेका छौ ।केही नयाँ प्रयास समेत गर्दैछौ कोहलपुर नगरपालिकामा । कोहलपुर नगरपालिका तीन प्रदेशको ट्रान्जिट हो ।कर्णाली, सुदूर पश्चिममा विद्यार्थी यहाँ पढ्न आउछन् । उनीहरुको लागि काठमाडौँ रहेको सुविधा यतै दिन सकियो भने आर्थिक गतिविधि समेत बढ्दै जान्दछन् । त्यसैका लागि हामीले काठमाडौँबाट गेष्ट टिचर ल्याउने तयारी भईरहेको छ । फेन्चाईस शिक्षा लागु गर्ने उद्देश्य राखेका छौ । बहुपाठ्यपुस्तक लागु गर्ने तयारी गरेका छौ ।
७. शैक्षिक हब बनाउनको लागि त पूर्वाधार र जनशक्ति पनि दक्ष हुनु पर्ला नि ?
हो तपाईले भन्नु भएको एकदम राम्रो हो । शैक्षिक क्षेत्रको विकासको लागि पूर्वाधार विकास हुन आवश्यक रहेको छ । त्यसैले हामीले भौतिक पूर्वाधार निर्माणलाई समेत जोड दिईरहेका छौ । अब बन्ने संचरना अत्याधुनिक हुनु पर्छ । भौतिक संचरना मात्रै छ भएर भएन यसको लागि आवश्यक सबै कुरालाई सँगै लैजान्छौ । हाम्रो सबै भन्दा ठूलो समस्या दक्ष जनशक्तिहरुको पनि छ । सरकारी कार्यालयमा चन्दा निजि विद्यालयमा दशजनशक्ति अभावको समस्या छ । निजि विद्यालय र सामुदायिक बिद्यालय बीचको समन्वय आवश्यक रहेको छ । अहिलेको प्रतिपर्धात्मक जमानामा आफू दक्ष नभई कामै छैन । त्यसैले विद्यालयमा शिक्षक नियुक्ति गर्दा आफ्ना भन्दा पनि राम्रालाई प्राथमिकता दिने परिपाटीको विकास गर्नु पर्छ । सैदान्तिक भन्दा प्रयोगात्मक शिक्षालाई जोड दिईनु पर्ने हाम्रो मान्यता रहेको छ । अब बाहीले देखावटी भन्दा पनि व्यवहारिक कुरालाई प्राथमिकता दिनु पर्दछ । अर्का महत्वपुर्ण कुरा शैक्षिक क्षेत्रमा रहेको व्याप्त राजनिति अन्त्य भयो भने शिक्षा क्षेत्र विकास हुन्छ । राजनितिक दलले देश समृद्ध बनाउने नै हो भने शिक्षा क्षेत्रमा लगानी अनुसारको परिणाम देखिनु पदर्छ । बेला बेलामा शिक्षकहरुलाई विषयगत तालिम प्रदान पनि राम्रो कुरा हो ।
८. अभिभावकहरुको शैक्षिक क्षेत्र प्रतिको जागरुकता कस्ता देख्नु भएको छ ?
स्थानीय स्तरमा शैक्षिक क्षेत्र विकासको लागि त्रिपक्षीय साझेदारी आवश्यक हुन्छ । विद्यार्थी, शिक्षक र अभिभावकको एकता पहिलो शर्त हो । विद्यालय विकासमा यिनीहरुको भूमिकालाई कहिल्यै नकार्न सकिदैन ।कोहलपुर नगरपालिकाको हकमा अभिभावकहरुको सक्रियता केही सन्तोषजनक छ । यसमा पनि दुई प्रकारका अभिभावक हुनुहुन्छ ।नीजि विद्यालयमा आफ्ना छोराछोरी पढाएका अभिभावकहरुको सक्रियता रहेको पाईन्छ भने सामुदायिक विद्यालयको हक केही कम पक्कै रहेको
छ । सबैमा समान व्यवहार आवश्यक रहेको छ । निजि भन्न वित्तिकै राम्रो र सामुदायिक भन्न वित्तिकै नराम्रो हुन्छ भन्ने मानसिकता हटाउन आवश्यक छ । शिक्षा क्षेत्र विकासको लागि नीजि विद्यालय प्रचारबाजी भए । सामुदायिक विद्यालयको योगदानको चर्चा भएन् । अब हामी अभिभावकहरुलाई प्रशिक्षित बनाउनको लागि अभिभावक शिक्षालाई जोड दिदैँछौ ।
९. अन्त्यमा कोहलपुरलाई शैक्षिक हब बनाउनको लागि सरोकारवाला के भन्न चाहनुहुन्छ ।
सबैलाई म के भन्न चाहन्छु भने शैक्षिक क्षेत्रको विकास हुनु भनेको देश विकास हुनु हो । शिक्षा क्षेत्रमा भएका नराम्रो कुराहरुको बारेमा सकारात्मक टिप्पणी सबैले गर्नुपर्छ । राम्रो कुराको प्रचार गर्ने समेत हाम्रो कर्तव्य भित्र पर्दछ । त्यसैले हाम्रो अभियानको साझेदार बन्नको लागि सबै सरोकारवालालाई आग्रह गर्दछु । सरोकारवाला,पाठक वर्ग, शिक्षक, अभिभावक सबैलाई समेत मेरो विनम्र अनुरोध के छ भने पाँच वर्ष आउट पुट आउने गरी काम हुन्छ ।










प्रतिक्रिया दिनुहोस्