संघियता कार्यान्यनमा आएको साढे दुई वर्ष बित्यो । देशलाई सात प्रदेशमा विभाजन गरियो । सात प्रदेश एक ५ नम्बर प्रदेश पनि हो । यसको स्थायी राजधानीको मुद्धा बहसको विषय बनेको छ । लामो समय देखीको प्रदेश बासीको आशा गरेको विषय नै यही हो । लामो समय सम्म प्रदेशको स्थायी राजधानी नतोकिने प्रदेश नेतृत्व माथि जनताले प्रश्न चिन्ह खडा गरिहेका छन् । अझै ५ नम्बर प्रदेशको स्थायी राजधानी तोक्न सकेको छैन् । अहिले अस्थायी रुपमा बुटवललाई प्रदेश राजधानीको रुपमा काम चलाउदै आईएको छ । प्रदेश सरकारको असफलताको रुपमा हेरिएको प्रदेश राधानी तोक्न नसक्नु सरकारको कमजोरी र असफताका रुपमा हेरिएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री अझै पायक पर्ने स्थानमा तोकिने बताउँछन् । यसरी हेर्दा मुख्यमन्त्री समेत स्थायी राजधानीका विषयमा अझै अलमलमा देखिन्छन् । सत्तापक्ष र प्रतिपक्षको सत्ता जुहारीको विषय समेत बनेको प्रदेश राजधानी । स्थायी राजधानीको रुपमा केही सम्भावित सहर छन् । सोही अनुसार प्रतिनिधि तथा पार्टीहरुले समेत लविङ गरिरहेको अवस्था छ । सम्भावित राजधानीको रुपमा नेपालगञ्ज र दाङ रहेका छन् । अहिलेको अस्थायी राजधानीलाई समेत निरन्तरता दिन सक्छ । नेपालगञ्ज साविकको मध्य पश्चिमको प्रमुख केन्द्र हो । दाङको समेत सम्भावना बलियो रहेको राजकारहरु बताउँछन् ।
प्रदेश राजधानी तोक्नका लागि जति सक्दो छिटो सहमति र सहकार्यका साथ अघि बढ्नु पर्छ । राजधानी समग्र प्रदेशको केन्द्र हो । स्वाभाविकै रुपमा त्यस क्षेत्रमा राजधानी बन्नको लागि आवश्यक संरचना चाहिन्छ । यो जरुरी पनि हो । तर राजधानी नै तोक्न नसक्दा अझै अन्यौल कायमै रहेको छ । प्रदेश सरकारले यस तर्फ ध्यान दिनु पर्ने देखिन्छ । जहाँ भएपनि सबैको पायक पर्ने सर्ब स्विकार्य हुनुपर्नेमा दुईमत छैन् । यहाँको लागि सहकार्य र सहमति अहिलेको आवश्यकता हो । जति सक्दो छिटो राजधानी टुंगो लगाउनुपर्छ । संघियता कार्यान्वयन साढे दुई वर्ष बितिसके । आगामी साढे दुई वर्षमा लगाउनु हुँदैन । प्रदेशबासीको आशालाई मध्यनजर गर्दै छिटो प्रदेशको स्थायी राजधानी तोक्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्