किसानलाई क्षतिपूर्ति देउ



यो समय हरेक किसानका घर आँगनमा नयाँ धान भित्र्याउने समय हो । विगतमा वर्षहरुमा यतिबेला किसानको दैनिकी निकै व्यस्त देखिन्थयो । घरमा नयाँ धान भित्र्याउने चटारो नै हुन्थ्यो । तर यो वर्ष यहाँको किसानलाई यो समय हर्ष न विस्मातको जस्तो भएको छ । किसानहरु कोही धान खेतीमा ट्याक्टर कुदाउदैँ छन् र कोही आगो लगाउँदै छन् । पाकी सकेको धान फौजी किराका कारण काट्नै नमिल्ने भएका छन् । यो वर्ष देशभर फौजी किराको प्रकोप नै देखिएको छ । त्यसको असरमा यहाँका किसानहरुलाई समेत परेका छन् । उनीहरुको वर्षको लगानी बालुवामा पानी जस्तै भएको छ ।

सरकारी तथ्यांकका अनुसार बाँकेमा मात्रै १७ हजार हेक्टर धानमा खेतीमा फौजी किराले संक्रमण ग¥यो । यही कारणले यस वर्ष बाँके जिल्लामा धान उत्पादन समेत घट्ने प्रक्षेपण गरेको छ । फौजी किराले धान खेतीमा नोक्सान पु¥याएपछि सबै भन्दा मारमा किसानहरु परेका छन् । वर्षभरीको लगानीको प्रतिफल फौजी किराले टुटाईदिएको छ । कृषि पेसामा निर्भर यहाँका किसानहरुको गाँस नै टुटेको हो । किसानहको साँझ बिहानको भात खोसिएको छ । यहाँको लाखौ जनता गरिबीको रेखा मुनी छन् । यही धानले मात्रै वर्ष भरी खान पुग्दैन । अलि अलि उत्पादन गरेको धान बाट गुजारा चलाउनेहरुकलाई सबै भन्दा बढि समस्या भएको हो । मानवीयताका नाताले उनीहरुलाई सहायता गर्नको लागि अग्रसर हुनु नै अहिलेको जरुरी आवश्यकताको विषय बनेको छ । तिनीहरुलाई सबैको सहयोगको खाँचो छ ।

किसानहरुले अहिले क्षतिपूर्तिको लागि हारगुहार गरिहेका छन् । सरोकारवाला पक्षको ध्यानार्षण समेत उनीहरुले गराई रहेका हुन् । अहिलेको अवस्थामा किसानलाई क्षतिपूर्ति दिनु नै राम्रो पक्षको रुपमा रहेको छ । किसानलाई परेको समस्या समाधानको लागि पहल समेत विभिन्न तवरबाट भइरहेको छ । यस क्षेत्रबाट निर्वाचित सांसदहरुले स्थलगत रुपमा अनुगमन गरि सहयोग गर्ने आस्वासन दिएका छन् । भने सरकारी पक्षले पनि यस्तै आस्वासन मात्रै दिने गरेका छन् । अहिले किसानहरुलाई आस्वासन भन्दा पनि सहयोग र क्षतिपूर्ति चाहिएको छ ।

प्रकाशित मिति : २०७६ कात्तिक ७ गते बिहीबार