विकास भन्ने कुरा तुरुन्तै हुने प्रक्रिया होईन । विकासका निश्चित मापदण्ड र प्रक्रिया हुन्छन् । विकासको लागि हामीले केही समय कुर्नु पर्ने हुन्छ । त्यसको लागि राज्य सञ्चालनको प्रक्रिया समेत नियमित हुनु पर्छ । देश अहिले राजनितिक आन्दोलन सकिएर आर्थिक समृद्धि र विकासको चरणमा रहेको छ । ६ दशक लामो राजनितिक उतारचडाब पछि पाँच वर्षे सरकार छ । अहिले जताततै विकास समृद्धिका नारा सुनिन्छन् । देशको शासन व्यवस्था समेत फेरिएको छ अहिले । देशमा तीन तहका सरकार छन् । संघ, प्रदेश र स्थानीय सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताई रहेका छन् । तर संघीयता कार्यान्वयनमा आएको साढे दुई वर्षको अवधिमा जनताको अपेक्षा अनुसार विकास हुन सकेको छैन । जनताको अपेक्षा अनुसार जनप्रतिनिधिले काम नगरेको गुनासो व्यापक रुपमा आईरहेको छ ।
अझै स्थानीय तहमा विकासको साटो भष्ट्रचार मौलाएको छ ।न ाताबाद, कृपाबाद भईरहेको गुनासो मुक्त पनि छैनन् हाम्रा स्थानीय तह । हरेक योजना, आयोजना र विकास निर्माणका कार्यमा राजनतिनिक हस्तक्षेप हुने गरेको तितो यर्थात हाम्रा सामु रहेको छ । जनप्रतिनिधि बढि सुविधाभोगी भए भन्ने गुनासो त सबै भन्दा ठूलो समस्या भईहाल्यो । नयाँ संरचना सँगै जनताले निर्वाचित गरेका प्रनितिनिधि कै कारण विकास हुन नसकेको प्रति उनीहरु नै सचेत हुन जरुरी छ । अहिलेको अवस्था अस्वस्थ प्रतिष्पर्धाको होईन । सहमति र सहकार्यको हो । त्यसैले स्थानीय तह, प्रदेश र सिंगो देश विकास लागि सबैको एकता र हातेमालोको खाँचो रहेको छ ।
विकासको लागि बटम टु टप प्रक्रिया अपनाउनु पर्ने भएको छ । विकास गर्ने प्रक्रिया बोलेर र नारा घन्काएर मात्रै हुने पनि होईन । त्यसको लागि पुर्व योजना आवश्यक छ । त्यसै रहेक य काम गर्नु भन्दा अघि योजनाको जरुरत देखिन्छ । सबै भन्दा महत्वपुर्ण त राजनितिक व्यवस्था र कर्मचारी तन्त्र सही रुपमा अघि बढ्ने हो भने हामीले चाहेको विकासको यात्रा टाढा छैन । हामीले जनताले विकास नभएन, राजनितिक दलले विकास गरेनन् भनेर कुर्लनु भन्दा हामी आफ्नो जिम्मेवारी गरेका छौ की छैनौ भन्ने कुरा मुख्य हो । सधैको अरुलाई मात्र दोष दिनु भन्दा सबै भन्दा पहिले आफुलाई सुधार्न जरुरी छ । समृद्धि सम्भव छ हाम्रै पालामा ।
प्रतिक्रिया दिनुहोस्