29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बाँसगढी को निति तथा कार्यक्रम प्रस्तुत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १०, २०७६  

बाँसगढी, बर्दिया ।

बाँसगढी नगरपालिकाले सोमबार नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको पाँचौ नगर सभामा आर्थिक बर्ष २०७६।०७७ को निति तथा कार्यक्रम नगर प्रमुख सालिकराम अधिकारीले प्रस्तुत गरेका थिए । दिगो विकास प्राप्ती र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्ने लक्ष्य सहितको निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

एक वडा एक कालो पत्रे सहितको भौतिक पुर्वाधार निर्माणका कार्यक्रमलाई निरन्तरता दिर्दै दिगो बिकास र आर्थिक समृद्धि सहित जनताको जिवन स्तर परिवर्तन ल्याउने कार्यक्रमहरु निति तथा कार्यक्रममा समाबेश गरिएको छ ।

निति तथा कार्यक्रममा कृषि तथा सहकारीलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रको आधुनिकरण, यान्त्रिकीकरण, व्यवसायीकरण तथा सिचाई सुबिधाको व्यवस्थापन गरी उत्पादन र उत्पादकत्वमा बृद्धि गर्दै बाँसगढी क्षेत्रका कृषकहरुको जिवन स्तरमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गरिनेमा जोड दिईएको छ । सहकारी क्षेत्रलाई सिपमा आधारित तथा उत्पादनशील क्षेत्रहरुमा लगानी गर्नका लागि क्रियाशिल गराउनुका साथै प्रतिफलका आधारमा उत्पादनमुखी कार्यक्रम सञ्चालनका लागि लागत सहभागितामा आधारित अनुदान प्रदान गर्ने निति लिएको छ ।

बाली, पशुपन्छी तथा मत्स्य पकेट क्षेत्र बिस्तारका लागि एक वडा एक नमुना व्यवसायीक कृषि कार्यक्रम, एक वडा एक खेलकुद मैदान निर्माण, समृद्धिका लागि वन कार्यक्रम, स्वास्थ्य नमुना गाँउको अबधारणा पनि निति तथा कार्यक्रममा समेटिएको छ ।

बाँसगढी नगरपालिकालाई सुर्तिजन्य पदार्थ एवं प्लाष्टिक जन्य पदार्थ मुक्त नगरपालिका घोषणा गर्ने निति, सिकलसेल एनिमियाको बारेमा बिद्यालयमा समेत सचेतनाका लागि पाठशाला सञ्चालन गरिने, नगरपालिकाको दमौली, थुमनी, राँझा र चेपांगमा नगर स्वास्थ्य केन्द्रमा थप स्वास्थ्य सेवा सञ्चालन गर्ने, नगरपालिकामा चक्रपथ निर्माण, सड्क सुरक्षाको लागि राष्ट्रिय राजमार्गमा सिसि टिभिको प्रयोग निति अवलम्बन गर्ने समेत उल्लेख गरिएको छ ।

अपांगमैत्री र उद्योगलाई बढावा दिने, शैक्षिक सुधार र गुणस्तर बृद्धि गर्ने, बिभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने समेत प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । निति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य खानेपानी सरसफाई संस्कृति तथा पर्यटनको बिकास र सुधारमा जोड दिइएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार १०, २०७६     8:40:26 AM  |