नीति तथा कार्यक्रम ल्याउदै जानकी



बाँके ।

बाँकेको जानकी गाउँपालिकाले असार गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रमको लागि अहिले गाउँपालिका अन्तिम तयारीमा जुटेको छ । गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि नीति तथा कार्यक्रम र वजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए । ‘८ गते गाउँसभा आव्हान गरेका छौं नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ ।’

प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘९ गते नीति तथा कार्यक्रममा छलफल हुनेछ र १० गते नीति तथा कार्यक्रमसँगै बजेट पास गर्ने कार्यक्रम तय भएको छ ।’ जानकी गाउँपालिकाले आगामी आ.व.मा संघीय सरकारबाट २२ करोड ७८ लाख रुपैयाँ प्राप्त गर्नेछ । वित्तीय समानिकरण तर्फ १२ करोड ८ लाख र सशर्त अनुदान तर्फ १० करोड ७० लाख रुपैयाँ जानकीका लागि संघीय सरकारले विनियोजन गरेको हो ।

आगामी आ.व.मा जानकी गाउँपालिकाले प्रदेश सरकारबाट रु. १ करोड ८७ लाख ६८ हजार रुपैयाँ प्राप्त गर्दैछ । जानकीले वित्तीय समानिकरण तर्फ रु.४५ लाख ६८ हजार, सशर्त अनुदान रु. ९० लाख र विशेष अनुदान प्रदेश सरकारबाट प्राप्त गर्दैछ । अधिकृत शाहीले गाउँपालिकालाई समृद्ध बनाउनको लागि जनमैत्री नीति तथा कार्यक्रम आउने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार ८ गते आइतबार