नेपालगन्जको नमस्ते भिलेज रिर्सोटमा भ्यालेन्टाइन बिशेष कार्यक्रम हुँदै



नेपालगन्ज ।
प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे को अवसरमा बाँकेको गनापुरमा रहेको नमस्ते भिलेज रिर्सोटमा बिशेष कार्यक्रम गरिने भएको छ । प्रेमी जोडिहरुलाई लक्षित गरेर भ्यालेन्टाइन डे अर्थात आउदो १४ फेबु्रअरीको दिन सांगितिक कार्यक्रम गर्न लागिएको हो ।

नेपाल तमु विद्यार्थी छोजधी जिल्ला कार्यसमिति बाँकेको आयोजनामा कार्यक्रम गर्न लागिएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो । कार्यक्रमका निर्देशक ऋषि थापाले उक्त दिनको कार्यक्रम पूर्ण रुपले मनोरञ्जनात्मक रहने जानकारी दिए ।

सास्कृतिक जमघटसहितको हुने कार्यक्रममा चर्चित कलाकार अलमोडा र डिजे बिकासको प्रस्तुतीले युवा जोडिलाई आकर्षणको केन्द्र बनाउने उनले बताए । आयोजकका अनुसार कार्यक्रममा प्रवेशको लागि एकलको ३५० र जोडिलाई ५ सय शुल्क लाग्नेछ ।

आयोजक नेपाल तमु विद्यार्थी छोजधी जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष सुदन गुरुङ्गले युवा विद्यार्थीको माग अनुसार रमाईलो र मनोरञ्जनको लागि यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रमको तयारी तिव्र पारिएको उनले बताए । भ्यालेन्टाइन डे को दिन फागुन २ गते दिउँसो चार बजेदेखि सुुरु हुने सांगितिक कार्यक्रम राती साढे नौं बजेसम्म हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ माघ २८ गते सोमबार