सल्यान : ४ माघ/ सल्यानमा बिहेको निम्ता दिन गएका एक ब्यक्तिको हतौडा प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शिद्धकुमाख गाउँपालीका वडा नम्बर २ को फुलगाउँमा एक ब्यक्तिले आफनै छिमेकीलाई हतौडा प्रहार गरी हत्या गरेका छन । छोराको बिहेको लागी निम्ता दिन गएका शिद्धकुमाख गाउँपालीका २ साल्घारीका ४२ बर्षिय यमन बोहरा लाई सोही ठाउँका ४७ बर्षिय शालीकराम चलाउनेले हतौडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छोराको बिहेको लागी शुक्रबार बिहान चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा हतौडा प्रहार गरी हत्या गरिएको प्रहरी नायब उपरिक्षक प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ । मृतक बोहरा चलाउनेको घरमा निम्ता दिन पुगी रोटी खादै गर्दा एकासी हतौडा टाउमा प्रहार गरी हत्या गरिएको उहाँले बताउनु भयो ।
घटना बिहान ८ बजेको भए पनि ९ बजे मात्रै स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो । उनिको मानसीक अबस्था ठिक नभएको समेत स्थानीयले बताएका छन । घटना लगतै चलाउने फरार रहेका थिए । उनि घर नजिकैको जगंलमा गएर लुकीरहेको अवस्थामा प्रहरीको खोजिकार्य पछि प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी गीरीराज भण्डारीले जानकारी दिनुभएको छ । मृतकको लास पोष्टमार्टमका लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको उहाँले बताउनु भयो । मृतक बोहराका १ छोरा र १ छोरी रहेका छन ।
यसैबिच हतौडा प्रहार गरि हत्या गरेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । घटना लगतै अभियुक्त चलाउने फरार भएका थिए । उनलाई गाउँ देखी ३ किलोमिटर माथिको कुमाख जंगलमा भाग्दै गरेको अवस्थामा ८ घण्टा पछि बेलुका ६ बजेतिर पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गिरीराज भण्डारीको नेतृत्वमा खटेको १५ जनाको प्रहरी टोलीले उनलाई जंगल बाटै नियन्त्रणमा लिएको हो । घटना किन र के कारणले भएको भन्ने बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।