3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

दुर्घटनामा मृतक दुबै जनाको शनाखत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १६, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुरमा कारले मोटरसाईकललई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको घटना स्थलमै ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले अनुसार शुक्रबार साँझ करिव सवा ७ बजेतिर बा ६ च ८२९९ नम्बरको कारले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ बस्ने अन्दाजी ५५ वर्षीय ईन्द्र प्रसाद भट्टराई र सोही नगरपालिका वडा नं.१ बस्ने अन्दाजी ५० वर्षीय काशिचन्द्र न्यौपानेको घटना स्थलमै ज्यान गएको हो ।

कोहलपुर विद्युत रोड नजिकै मोटरसाईकललाई विपरित दिशाबाट आइरहेको कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १६, २०७५     8:27:16 PM  |