बर्दिया/ बर्दिया जिल्ला अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुदाँ सेवाग्राहीहरु मर्कामा परेका छन् । जिल्ला अस्पातालमा ६४ जना कर्मचारी दरबन्दी रहेपनि हाल ३४ जना मात्रै कर्मचारी मात्रै रहेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिण्टेण्डेन्ट डा.सुबास पाण्डेले बताए ।
हाल सो अस्पातालमा ३ जना विशेषज्ञ डाक्टर, ४ जना मेडिकल अधिकृत, ५ जना एमबिबिएस र १ जना डेन्टल सर्जन डाक्टर रहेकोमा मेडिकल अधिकृत २ मात्र रहेको १ जना जना डेन्टल सर्जन डाक्टर अध्ययनको सिलसिलामा बाहिर रहेकोले सेवा लिन आउने बिरामीले सेवा लिनबाट बन्चित हुनुपरेको छ ।
नेपाल सरकारको मापदण्डअनुसार जिल्ला अस्पातालमा ५० शैयाको बेड भएपनि भौतिक पुर्वधार र प्राविधिकको कमी समेत रहेको छ । १५ जना विशेषज्ञ चिकित्सक हुनु पर्नेमा स्थाई रुपमा १ जना मात्र रहेको र मेडिकल अधिकृतको रुपमा ४ जना कार्यरत हुनु पर्नेमा २ जना मात्रै रहेको र बाँकी छात्रवृत्ति करारका डाक्टर २ जना, मन्त्रालयका १ जना र मिक्ससाईमन सिप इन्टिच्युट संस्थाबाट १ जना विशेषज्ञ र १ जना मेडिकल अधिकृत रहेको डा.सुबास पाण्डेले बताए ।
बर्दिया बढैयाताल गाउँपालिकाका हरि बहादुर घर्तीले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको अभावले सेवा प्रभावकारी नभएको गुुनासो पोख्दछन् । त्यसैगरि बर्दिया गुुलरिया निवासी सिमा हमालले जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुदाँ नेपालगन्ज जानु पर्ने बाध्यता रहेको बताइन् । बर्दिया जिल्ला अस्पातालमा डाक्टर अभाव भएपछि काम गर्न निकै समस्या भएकोले सबै डाक्टर एक आपसमा समन्वय गरेर काम गरीरहेको बर्दिया जिल्ला अस्पतालका सूचना अधिकारी लिला श्रेष्ठ जानकारी दिए ।
जिल्ला अस्पातालबाट चौबीसै घण्टा फार्मेसी खोलेर सेवा दिँदै आइरहेको छ । त्यसैगरी लैङिग हिंसा पीडित विरामीलाई पनि चौबीसै घण्टा सेवा दिदै आइरहेको छ । गत बर्षको तथ्याङकमा लैङिग हिंसा सम्बन्धी ७३ जनाले सेवा लिएका छन् । हाल बर्दिया जिल्ला अस्पातालले टिभी रोग,एच.आई.भी.रोग, लैङिग हिंसा पीडित विरामी, पोष्टमार्टम, इर्मजेन्सी लगायतको सुविधा दिँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्