8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

विधी अनुसार पार्टी चल्नुपर्छ : नेता नेपाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५  

कोहलपुर/  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधी र पद्धति अनुसार चल्नुपर्ने बताएका छन् ।

बाँकेको कोहलपुरमा अगुवा कार्यकर्ता भेलामा नेता नेपालले कम्युनिष्ट पार्टी विधी र पद्धति भन्दा बाहिरबाट सञ्चालन गर्न खोजिएमा त्यसलाई स्वकार गर्न नसकिने बताए । पार्टीभित्रका अन्तर विरोध नेतृत्वले सहि ढंगले टुग्याउनुपर्नेमा उनको जोड थियो ।

साविकको नेकपा एमाले बाँके जिल्ला कमिटीका सचिव रत्न खत्रीका अनुसार वरिष्ठ नेता नेपाल दाङमा विजया दशमी तथा दिपावली पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन दाङ जानेक्रममा बाँके आएका हुन् ।

नेपालको स्वागतका लागि विमानस्थलदेखि नै नेता कार्यकर्ताको भिँड लागेको थियो । स्वागतका लागि राप्रपाका नेता समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा पनि विमानस्थल पुगेका थिए ।

प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५     8:10:40 AM  |