नेपालगन्ज,३० जेठ/ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा सञ्चालित दुई महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको छ ।
वडा कार्यालयको सहयोग तथा बास नेपालगन्जको आयेजनामा महिलाहरुका लागि सञ्चालित सिलाई कटाई तालिमको समापन गरिएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दैै वडा अध्यक्ष मोहम्मद हुसेन शेषले घरमा सीमित महिलाहरुको आर्थिक उपार्जनमा सहयोग पुगोस भन्ने उद्धेश्यले सो तालिम आयोजना गरेको बताए । उनले तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरे ।
कार्यक्रमको समापनमा प्रतिक्रिया मन्तव्य राख्दै तालिमकी सहभागी टिका चन्दले तालिम निकै उपलब्धीपूर्ण भएको भन्दै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता गरिन् ।
तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष शेष, सदस्यहरु मसिउल्ला शेष, अजिज बेहना, साकरवन नाउ, गिता चमार, वडा सचिव धर्मेन्द्र श्रीवास्तवको लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्