कोहलपुर,२२ जेठ/ सरकारले गरेको मूल्य वृद्धिको विरोध गर्दै बाँकेका विभिन्न विद्यार्थी संगठनहरुले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
सोमबार एक संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारी, राष्ट्रवादी विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
जनतालाई लुट्ने गरी वर्तमान सरकार र नेपाल आयल निगमको मिलेमतोमा १ महिना नपुग्दै चार पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै घोर आपत्ति समेत जनाएका छन् ।
राज्यको संयन्त्र भित्र भएको लुटतन्त्रलाई मलजन गर्ने र जनताको ढाड सेक्ने गरी गरिएको अप्रत्याशित मूल्य वृद्धि खारेजको माग गरेको अखिल क्रान्तिकारीका बाँके अध्यक्ष मदन चन्द, राष्ट्रवादी विद्यार्थी संघका केन्द्रिय महामन्त्री विजय काफ्ले र नयाँ शक्ति विद्यार्थी युनियनकी बाँके संयोजक माया चौधरीद्वारा हस्ताक्षेरित संयूक्त विज्ञप्तीमा उल्लेख छ ।
उक्त मुल्य वृद्धिको निर्णय तत्काल फिर्ता नलिए चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने विद्यार्थी संगठनहरुले चेतावनी समेत दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्