खजुरा (बाँके),१२ जेठ/ बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरलाई साक्षर वडा घोषणा गरिएको छ । मैटहवा मावि सैनिकमा शुक्रबार औपचारिक कार्यक्रम गरी सो वडालाई साक्षर घोषणा गरिएको हो । साक्षर वडा घोषणा गर्दै वडा अध्यक्ष सुमन मल्लले वडापालिकाले दिने सेवासुविधा अबदेखि औँठाछाप मुक्त भएको घोषणा गरे ।
प्रदेशसभा सदस्य बाबुराम गौतमले स्थानीय तहको निर्वाचनपछि राधापुर साक्षर वडा हुन सफल भएको बताउँदै यसले बाँके जिल्लालाई साक्षर घोषणाका लागि दबाव पुग्ने बताए ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव , खजूरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, जिल्ला शिक्षा तथा समन्वय केन्द्र बाँकेका प्रमुख गोर्ख थापाले साक्षर वडा हुन सफल भएकोमा राधापुरबासी बधाईका पात्र भएको बताउँदै अहिलेको अवस्थामा प्रत्येक नागरिक साक्षर हुन आवश्यक भएको बताए ।
राधापुरमा १५ देखि ६० वर्ष उमेर समहूका २ हजार ९ सय ६२ जनसङ्ख्या भएकोमा २ हजार ८ सय ९० जना अर्थात ९८.१९ प्रतिशत साक्षर भएको पाइएपछि खजूरा गाउँपालिका कार्यपालिका बैठकले साक्षर वडा घोषणा गर्ने निर्णय गरेअनुसार शुक्र राधापुरलाई साक्षर वडा घोषणा गरिएको हो ।
राधापुर सामुदायिक अध्ययन केन्द्र र समृद्धिका पाईलाले साक्षर वडा घोषणामा सहयोग पु¥याएको भन्दै प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । यस्तै साक्षर वडा घोषणाअघि शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थितीमा ¥याली समेत निकालिएको थियो । प्रदेश ५ मा कपिलवस्तु र बाँके जिल्ला मात्रै अब साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ ।
बाँकेका ८ स्थानीय तहका ८१ वडा मध्ये यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी, वडा नम्बर १७ कारकाँदौं र बैजनाथ गाउँपालिकाको वडा नम्बर २, ३, ४ साविक (नौबस्ता गाविस) साक्षर वडा घोषणा भएका छन् ।









प्रतिक्रिया दिनुहोस्