मध्यवर्ती क्षेत्रका बासिन्दा भन्छन्–राहत लिने प्रक्रिया झन्झटिलो भयो



लिला बहादुर डाँगी                     
शिक्षक
ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति
वन्यजन्तलेु क्षति गरेमा पनि तुरुन्त राहत पाईदैन निकुञ्जको लामो र झन्झिटो नियम ठिक छैन त्यसको प्रक्रियामै जाँदा घरपालुवा क्षतिको पाउनुपर्ने आधा रकम सकिन्छ । निकुञ्जले स्थानीय स्तरमा भएका रहेका निकुञ्जका अन्र्तगतका पोष्टहरुको सिफारिसमा तत्काल राहत उपलब्ध गराउन पर्छ । निकुञ्जको नियम निकुञ्जमुखी नभएर जनतामुखी हुन आवश्यक छ ।

दल बहादुर खड्का
संरक्षणकर्मी
ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति
वन्यजन्तुबाट घरपलुवा जनावरको क्षति भएमा किसानहरुलाई एक हप्ता भित्रमा विगो बराबरको राहत उपलब्ध गराउनुपर्छ । अहिलेको सिस्टम निकै झन्झिटिलो छ । यो त स्थानीय सरकारबाटै राहत दिनुपर्ने व्यवस्था मिलाइनुपर्छ अनि मात्र किसानलाई राहत हुन्छ मेरो गाईलाई चितुवा मारेको ६ महिना भईसक्यो राहतको कुनै अत्तोपत्तो छैन ।

भिम बहादुर डाँगी
स्थानीय
कोहलपुर मध्यवर्ती उपभोक्ता समिति
ढिलै भएपनि राहत त पाएकै छौ तर यो प्रक्रिया अलि लामो छ किसानले भनेको बेलमा तुरुन्त पाउदैनन । यो नियम लाई निकुञ्जले सहज गराउनुपर्छ । सकेसम्म छिटो र प्रभावकारी ढंगले राहत मिलाउनु पर्ने देखिन्छ । सामान्य मुचुल्का देखी पशुसेवा सम्मल सिफारिस गर्नुपर्ने कुरा धेरैलाई थाहा नै हुदैन यसले समस्या बनाएको छ ।

शारदा खुना
स्थानीयवासी
राप्ती मध्यवर्ती उपभोक्ता समिति
हामी कहाँ त राहत पाईदैन भनेर रिपोट नै गर्दैनन पहिले गरेकाले राहत पाउन लामो समयल लागेका कारण झन्झट मानेर पनि यसो गरेको हुन सक्छ । तर वन्यजन्तुबाट क्षति भईसकेपछि निकुञ्जबाट राहत दिने व्यवस्था गरे जनतालाई राहत हुने थियो ।

तेजा वली
स्थानीयवासी
राजकोट मध्यवर्ती उपभोक्ता समिति
हामी कहाँ राहत नपाएको भन्दा पनि ढिलो पाएको भन्ने गरेको सुन्निछ । स्थानीवासीले कतिपय अवस्थामा प्रक्रिया लामो छ भनेर रिर्पोट नै गर्दैनन् वन्यजन्तुले क्षति गरेको केही दिन भित्र राहत उपलब्ध गराउनु त स्वभाविक हो तर महिनौ पछि राहत आउनु त्यही पनि थोरै मात्रमा पाउनुले किसानहरुलाई निराश बनाएको छ ।

गंगा दत्त जैसी
स्थानीयवासी
देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समिति
सबै भन्दा धैरै त हाम्रो मध्यवर्ती क्षेत्रमा धेरै घरपालुवा जन्तुहरुको क्षति भएको थियो गत वर्ष मात्र करिब ७० देखी ७५ जना सम्मले राहत पाएका छौ त्यो हाम्रो मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले आफ्नो कोषबाट सहयोग गरेको थियो । अहिले जेड.एस.एल संस्थाको ५२ वटा बाख्राको सुधारिएको खोर बनाए पछि वन्यजन्तु बाट घरपालुवा जन्तुको नोक्सानी भएको छैन । क्षति भएको भएपनि राहत पाउने प्रक्रिया अलि लामो र छ ।-प्रस्तुति : कविन्द्र परियार

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २८ गते बुधबार