सरकारी लक्ष्यप्रति नीजि क्षेत्र उत्साहित : अध्यक्ष राणा



नेपालगन्ज,१३ चैत/  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नया“ सरकारको आर्थिक विकासको लक्ष्यबाट नीजि क्षेत्र उत्साहित भएको बताएकी छन् ।

आर्थिक विकासको सरकारी लक्ष्यबाट नीजि क्षेत्र उत्साहित भएको र त्यसलाई सफल बनाउन सरकारसंग हातेमालो गर्ने अध्यक्ष राणाले प्रतिबद्धता जनाएकी छन् ।

नेपालगन्जमा मंगलबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष राणाले बलियो सरकार भएकाले पनि आर्थिक विकास हुनेमा नीजि क्षेत्र बिश्वस्त भएको बताईन ।

‘आर्थिक विकासको एजेण्डा लिएको सरकार बनेको छ । साथै बलियो सरकार पनि भएकाले हामी निकै उत्साहित भएका छौं । आगामी दिनका लागि शुभ संकेतहरु देखापरेको महुसस भएको छ’– अध्यक्ष राणाले भनिन् ।

उनले देश संघीय संरचनामा गइसकेकाले अबको विकासका मुद्दा पनि बिकेन्द्रित भएको बताउदै भनिन्,–‘अब प्रदेश प्रदेशबीच आर्थिक बिकासका लागि तिब्र प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ ।

बिभिन्न तहका सरकार बनेको र अबको कर प्रणाली कसरी अघि बढ्छ भन्ने आफुहरुको चासो रहेको राणाले बताइन । उनले तहका सरकारपिच्छे नै कर तिर्न नसकिने भएकाले त्यस्तो व्यवस्था गर्न नहुने तर्क गरिन । उनले ५ नम्बर प्रदेश देशकै आर्थिक राजधानीका रुपमा बिकास हुने पनि बताइन ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १३ गते मंगलबार