त्रिभुवन नमूना माविले मनायो ५८औं वार्षिकोत्सव



कोहलपुर,३ चैत/  बाँकेको कोहलपुर–१० मा रहेको त्रिभुवन नमूना माविले आफ्नो ५८औं वार्षिकोत्सव शुक्रबार वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सवको नगरपाकिला प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपाकिला प्रमुख लुट बहादुर रावतले बालबालिकाको पहिलो शिक्षा आर्जन गर्ने ठाउँ घर परिवार भएकाले बालबालिकाको व्यक्तित्व विकासमा अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए ।

साथै उनले कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि कोहलपुर क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । स्थानिय सरकारले शिक्षा नियमावली बनाएर शैक्षिक क्षेत्रको विकासका लागि सबै क्षेत्रबाट साथ दिन अनुरोध गर्दै स्थानिय सरकारले सामुदायिक विद्यालयहरुलाई शैक्षिक गुणस्तर विकासका लागि विशेष कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जु कुमारी चौधरीले त्रिभुवन नमूना माविको विकासकालागि स्थानिय सरकारले विशेष पहल गर्ने बताउँदै विद्यालयले विभिन्न संकायका शिक्षण सिकाईलाई जोड दिनुपर्ने बताईन् ।

त्यस्तै कार्यक्रममा विद्यालयको आगामि शैक्षित्र सत्र २०७५ मा तय गरका उद्देश्यहरु अत्याधुनिक र विज्ञान प्रयोगशाला बनाउन थप सामग्रीहरु खरिद गर्ने, सर्वसुलभ पुस्तकालय एवम् अध्ययन कक्षलाई थप व्यवस्थित गरी ई–लाईबे्ररी निर्माणका लागि पहल गर्ने, प्राविधिक शिक्षा तर्फ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक प्रयोगशाला निर्माण गर्ने, व्यवस्थित खेल मैदान निर्माण गर्ने र सो खेलमैदानलाई तारबार गर्ने विद्यालयकी प्रधानाध्यापक देवका बस्नेत थापाले बताईन् ।
कार्यक्रममा गत वर्ष विद्यालयमा सम्पन्न भएको विभिन्न क्रियाकलापबाट प्रथम, द्वितीय र तृतीय भएको विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा कक्षा १ देखि ५ सम्म प्रथम भएकी प्रमिला राना, ६ देखि ८ सम्म प्रथम भएका निश्चल चन्द र ९ देखि १० कक्षा सम्म प्रथम भएका विद्यार्थी गरिमा रोकाय र प्रतिक सिलवाललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३ गते शनिबार