नेपालगञ्ज,१ चैत/ नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणाले नेपालगञ्जलाई शिक्षाको हव बनाउने गरी तयारी भइरहेको बताएका छन् ।
नेपालगञ्जमा सञ्चालित जुनियर क्याब्रिज माध्यामिक विद्यालयले बुधबार वार्षिक उत्सवको उद्घाटन गर्दै प्रमुख राणाले त्यसका लागि आउँदो शैक्षिक सत्रदेखि काम थालनी गरिने बताएका हुन् ।
निजी क्षेत्रबाट शिक्षामा भएको लगानीका कारण राज्यलाई ठूलो सहयोग भएको बताउँदै प्रमुख राणाले निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको समेत उल्लेख गरे ।
सोही अवसरमा विद्यालयका बालबालिकामा लुकेर रहेको प्रतिभालई प्रस्फुटन गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम समेत आयोजना गरिएको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष जगदिश बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष डा. राजेश केशर खनाल, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदीलगायतले विद्यालयको प्रगतिको कामना गर्दै मन्तव्य राखेका थिए ।
विद्यालयकी प्रिन्सिपल अन्नपूर्ण सिंहले आगन्तुक पाहुनहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्