20 June 2024  |   बिहिबार, असार ७, २०८१

बाँके राधापुरका स्थानीय बंगुरपालनतर्फ आकर्षित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४  

बाँके,२७ फागुन/  बाँके राधापुरका स्थानीयवासीहरु बंगुरपालनबाटै मनग्गे आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा बंगुर पालनमा सरकारले पनि अनुदान दिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासीहरु बंगुरपालन तर्फ आकर्षित हुन थालेका छन् ।

पूर्व भारतीय सैनिक उदयलाल रानाले बगुंरपालनबाटै मासिक लाखौंको कारोबार गर्ने गरेका छन् । उनको खोरमा अहिले ६० ओटा बंगुर रहेका छन् । बंगुरपालनबाट आफु सन्तुष्ट रहेकोे रानाले बताए । मासिक झण्डै १ लाख बराबरको बंगुर आफनो खोरबाट बिक्री हुने गरेको उनले बताए ।

उनी जस्तै राधापुरमा रहेका पुर्व भारतीय सैनिकहरुले पनि बंगुरपालन व्यवसाय सुरु गरेका छन् । गाउँमै बिक्री हुने गरेका कारण बजारको पनि त्यति धेरै समस्या नरहेको राधापुरकी दममाँया थापाले बताइन् ।

घरमै रोजगारी सृजना गरी आम्दानी बढाउनका लागि त्यस क्षेत्रका स्थानीयहरु बंगुरपालन व्यवसायमा लागेका हुन् ।

बंगुरको मासु उपभोग गर्नाले मानव स्वास्थ्यका लागि सस्तोमा उच्च गुणस्तरीय प्रोटिन प्राप्त हुने जिल्ला पशु सेवा कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४     7:12:49 AM  |