स्थानीय सरकार, शैक्षिक नीति र मन्टेश्वरी विधि



हाम्रा धेरै विधालयहरु आज पनि परम्परागत रुपमा ‘श्राद्धमा विरालो बाध्ने’ संस्कृतिबाट माथि उठ्न सकेका छैनन् । सरकारी विधालयमा तालिम प्राप्त शिक्षक भएपनि अभिभाबको ब्यवास्ता, शिक्षकको राजनीति, पेशागत आचरणको कमी र हेलचक्राईले बाल मैत्री बन्न सकेका छैनन् । निजी विधालयहरुमा यसको ठिक विपरित सरकारी उपेक्षा र भेदभाव कायम छ । तालिम प्राप्त शिक्षकको कमी छ । बुझाई र सिकाई भन्दा ‘सुगारटाई’ जारी
छ ।अभिभावकहरुले आप्नो ईच्छा र चाहाना छोराछोरीबाट पुरा गराउन लालाईत छन् ।                       

                                                                                                                                                                

                                                                                                                                                                              –दामोदर पौडेल     

शिक्षा सम्बन्धि सम्पूर्ण नीतिहरु बनाउने र शैक्षिक संस्थाहरुको अनुमति तथा अनुगमन स्थानिय सरकारको अधिकार क्षेत्रमा परेको छ । स्थानीय विकास र नागरिक चेतनाको ऐना यो शिक्षा नीतिले हाम्रो भविष्यको मार्गरेखा कोर्ने र समाजलाई दिशाबोध गर्ने निस्चित छ । कोहलपुर नगरपालिकाले पूर्व प्राथमिक तह देखि विश्व विद्यालय तहको प्रविधिक तथा मानविकी शिक्षा नीति कस्तो बनाउने छ, कोहलपुरको भविष्य यसैमा अन्तर्निहित हुनेछ ।

विद्यालय शिक्षाको पहिलो पाईलोको रुपमा रहेको पूर्व प्राथमिक तहको शिक्षा नीतिले समाजका कर्णधार वालबच्चाको वर्तमान र भविष्य निर्धारण गर्ने छ । सरकारले ६ बर्ष मुनीका वालवालिकाहरुलाई विद्यालय जान तयार योग्य बनाउने उदेश्यले बाल विकास केन्द्रको अवधारण अगाडि सारेको हो । यसलाई आधार मानेर नीजि विधालयले नर्सरी, एल.के.जी र यु.के.जी कक्षालाई पूर्व प्राथमिक तह मानेका छन्, मन्टेश्वरीहरुले शिशु स्याहार, प्लेगु्रुपलाई पनि यसमा समेटेका छन् । बाल्य अवस्था संवेदलशिल अवस्था हो ।

यो अवस्थामा बालवालीकाहरु जिज्ञासु, सक्रिय र ज्ञान प्राप्त गर्न तत्पर हुन्छन् । त्यसैले उचित वातावरणमा वालवालिकाको सारिरिक, मानसिक बौद्धिक क्षमता अभिवृद्धि गर्न, उनीहरुलाई जिज्ञासु बनाउन र विद्यालय जाने वातावरण तयार गर्न सरोकारवाला नीकायले पूर्व प्राथमिक तहको शैक्षिक विधि सहितको मापदण्ड बनाउन आवश्यक देखिन्छ ।

वाल विकास र शिक्षण विधिको बारेमा विद्वान र अनुसन्धानकर्ताहरुले धेरै तर्कहरु पेश गरेका । यसमध्ये भारतका गिजुभाई, इटलीकी मारिया मन्टेश्वरी आदिको विचार नेपाली सन्दर्भमा अनुकरण गर्न लायक छन् । गिजु भाईले आविष्कार गरेको प्रयोगात्मक र खेल शिक्षण विधिले भारतको शैक्षिक पुनःर्सरचनामा क्रान्ति ल्याई दियो । मारिया मन्टेश्वरीको विधि विश्वमा धेरैनै लोकप्रीय छ ।

उनले वालवालिकाहरुको वौद्धिक विकास, चेतना र सिकाई क्षमता उमेर अनुसार बदलिदै जाने भएकाले शिक्षण सिकाइको वातावरण पनि वालवालिकाको उमेर अनुसार क्रमिक रुपमा विकसित गर्दै लैजानु पर्दछ भन्ने विचार राखेकी छन् । वालवालिकाहरुको स्वभाविक विकास हुनु पर्ने , खेल्दाखेल्दै सिक्ने र सिक्दा सिक्दै खेल्ने खेल विधि र प्रयोगात्मक विधिको माध्यमबाट वालवालिकाहरुलाई पढाउँदा सिकाई उपलव्धी धेरै हुन्छ ।

सुनेको कुरा नौ दिनमा नौलो र बीस दिनमा विर्सिन्छ त्यसैले घोकन्ते पढाईले वाल मनोविज्ञानमा नकारात्मक प्रभाव पार्दछ । शारिरिक, मानसिक र बौद्धिक विकास र जीवन उपयोगी पनि हुन सक्दैन । मारिया मन्टेश्वरीले शिक्षण सिकाईका विभिन्न सिद्दान्तलाई अगाडि सारेकी छन् । उनले कक्षा कोठामा शिक्षक र विधार्थी पूर्णरुपमा गतिशिल हुनु पर्नेमा जोड दिएकी छन् ।

पाँचवटा इन्द्रियहरु आँखा, कान, नाक, जिब्रो र छालाको एकसाथ प्रयोग गर्नु गर्यो भने सिकारुले बढी सिक्न सक्दछ । बच्चाहरुले ७५ प्रतिशत देखेर, १३ प्रतिशत सुनेर, १२ प्रतिशत छोएर, सुँघेर र चाखेर सिक्दछन् । त्यसैले हेरेर र प्रयोग गरेर तथा चित्रको माध्यमबाट सबैभन्दा धेरै सिक्ने भएकोले शिक्षकले खेलको माध्यमबाट, प्रयोगको माध्यमबाट, नाटक, गित संगित र नृत्यको माध्यमबाट विधार्थीलाई सिकाउनु पर्दछ ।

कक्षाकोठालाई प्रयोगशालाको रुपमा विकास गर्नु पर्ने र कक्षामा बच्चाहरु रमाउन सक्ने प्रसस्त खेल सामाग्रीहरु हुनु पर्दछ । बच्चाहरुलाई आप्नो छनोट अनुसारको खेलौना छानेर आप्नै संसारमा रमाउन सक्ने स्वनियन्त्रणको वातावरण तयार गर्नु पर्दछ । वालकको कस्तो खालको रुची छ । एउटा शिक्षकले कक्षा कोटा भित्र वाल मनोविज्ञान बुझ्नै पर्दछ । खेल्न,नाच्न, गाउन, कथा सुन्न, चित्र कोर्न, नेतृत्व गर्न आदि कस्ता खालका स्वभाब छन् , स्वभाव अनुसार गाईड गर्न सक्छ ।

त्यसैगरी कक्षा कोठा भित्र बच्चाले म यो काम गर्न सक्छु भन्ने स्वयं उत्प्रेरणा जगाउन सक्ने वातावरण तयार गर्नु शिक्षकको कार्य हो । एउटा दक्ष शिक्षकले बालवालिकाको रुची र क्षमतालाई पुरस्कृत गर्नु पर्दछ । प्रोत्साहन गर्नु पर्दछ । आजको जटिल सामाजिक, आर्थिक परिवेशमा सामुहिक रुपमा काम गर्ने, सामाजिकरण हुने र त्यसमा रमाउने वातावरण विकास गराउन सह सिकाई अथवा सामुहिक सिकाईलाई प्राथमिकता दिनु पर्दछ ।

विधार्थीहरुलाई उनीहरुको रुची अनुसारको समूह बनाएर क्रियाकलापमा लगाउनु पर्दछ । शिक्षक कक्षा कोठामा उत्प्रेरकको भूमिकामा रहनु पर्दछ ।
कक्षाकोटामा शिक्षक पूर्ण तयारीकासाथ जानुपर्दछ । कक्षाकोठा विधार्थीको उमेर अनुसारको प्राकृतिक वातावरणमय बनाउनु पर्दछ ३ वर्षको बच्चाहरुको कक्षाकोठामा शिक्षकले दिने विषय बस्तु र १० वर्षको बच्चाहरुको कोठामा दिने विषयबस्तु विकसित र फरक हुनु पर्दछ ।

बच्चाहरुको सिक्ने क्षमता र शिक्षकको सिकाउने तरिका एक अर्कोसंग अन्तरसम्बन्धित हुने भएकोले शिक्षकको हाउभाउ, तौर तरिकाहरुबच्चाहरुले अनुसरण गर्दछन् । त्यसलाई जस्तो गुरु उस्तै चेला पनि भन्न सकिन्छ । धेरै अभिभाबकहरुले मेरो बच्चाले भनेको मान्दैन, शिक्षककले भनेको जे पनि मान्दछ भनिरहेका हुन्छन् । त्यसैले शिक्षक आफै सकारात्मक विचार, सादगी, आकर्षक ब्यक्तित्व विभिन्न कला र शिपले योग्य बन्नु पर्दछ । बच्चाहरुमा नक्कल गर्ने वानी उच्च हुने हुँदा शिक्षकका हरेक विचार र क्रियाकलाप बाल मैत्री बनाउनु पर्दछ ।

त्यसबाहेक विधालयको व्यवस्थापन भद्रगोल होईन, योजनाबद्ध भए मात्र विधार्थी र शिक्षकले सिक्ने र सिकाउने वाताबरण निर्माण हुन्छ । ब्यवस्थापकिय पक्ष पनि चुस्त आहा ! भन्न र देख्न लाएक बनाउनु पर्दछ । मनोवैज्ञानिक प्रभावलाई ध्यान दिएर उमेर समूह अनुसार विधालयका संरचना, मादण्डहरु, फरक र अलग अलग ठाउँमा हुनु पर्ने मन्टेश्वरी शिक्षण विधिका सवल पक्ष हुन् ।

हम्रा धेरै विधालयहरु आज पनि परम्परागत रुपमा ‘श्राद्धमा विरालो बाध्ने’ संस्कृतिबाट माथि उठ्न सकेका छैनन् । सरकारी विद्यालयमा तालिम प्राप्त शिक्षक भएपनि अभिभाबको ब्यवास्ता, शिक्षकको राजनीति, पेशागत आचरणको कमी र हेलचक्राईले बाल मैत्री बन्न सकेका छैनन् । निजी विधालयहरुमा यसको ठिक विपरित सरकारी उपेक्षा र भेदभाव कायम छ । तालिम प्राप्त शिक्षकको कमी छ । बुझाई र सिकाई भन्दा ‘सुगारटाई’ जारी छ ।

अभिभावकहरुले आप्नो ईच्छा र चाहाना छोराछोरीबाट पुरा गराउन लालाईत छन् । अभिभावक र शिक्षक बच्चाहरुको रुची, क्षमता र चाहाना विपरित नलेज का पछाडि होइन नम्वरका पछाडि कुँदीरहेका छन् । सरकारी विद्यालयमा करोडौको लगानीमा विर्मित भएका प्रयोगशाला, पुस्तकालय प्रयोग विहिन अवस्थामा छन् । कतिपय नीजि विद्यालयमा पूर्वाधारको अभाव रहेको छ ।

१० प्रतिशत सुनेर,२० प्रतिशत सुनेर र देखेर, ४०—७० प्रतिशत सुनेर, देखेर , अनुभव गरेर तथा ८०—१०० प्रतिशत प्रयोगद्धारा,खेलेर , देखेर, अनुभव गरेर र अनुसन्धान गरेर वालवालिकाले सिक्छन् भन्ने मन्टेश्वरी शिक्षण विधि विकसित देशमा अत्यन्तै लोक प्रिय छ । जापानमा चार कक्षा सम्म कुनै पनि विधार्थीले परिक्षा दिनु पर्दैन । त्यहाँ उनीहरुलाई जीवन र जगतबारे बोध गराईन्छ ।

बदलिएको समयमा जिउने कला सिकाइन्छ । ब्यबहारिक ज्ञान दिइन्छ । त्यसैले संसारमा लाकप्रिय मन्टेश्वरी शिक्षण विधिलाई सबै विद्यालयले अनुसरण गर्नु पर्ने आजको आवश्यकता हो । दुधेवालकहरु पढ्ने स्कुल मन्टेश्वरी स्कुल हुन् भन्ने बुझाईको भ्रमबाट सरकारी तथा नीजी शैक्षिक संस्थाहरु ,स्थानिय तह, नीति निर्माण गर्ने सरोकारवाला निकाय मुक्त हुन ढिलो भैसकेको छ । यो शिक्षण विधि हो ।

यसलाई नेपाली परिवेश अनुसार परिमार्जन र परिस्किृत गरी पूर्व प्राथमिक, प्राथमिक, माध्यमिक तहमा प्रयोगमा ल्याउन सके बाल विकास,शैक्षिक सुधार र समाज रुपान्त्रणमा सहयोग पुग्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार