अथकले लिए जनता तटबन्धबारे चासो



कोहलपुर,१० माघ/   बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ले शपथ लिएसँगै आफ्नो कामलाई तीव्रता दिएका छन् ।

यसैक्रममा सांसद गहतराजले बुधबार राप्ती नदी कटानको क्षति रोक्नका लागि सञ्चालित जनता तटबन्धका विषयमा जानकारी लिएका
छन् ।

दाङ लमहीस्थित जनता तटबन्धको कार्यालय पुगेर यसको कार्यप्रगतिबारे जानकारी लिएका छन् । तटबन्धलाई मजबुत बनाउने र धनजनको क्षति कम गर्न राप्तीको दुवैतर्फ तटबन्ध गर्नका लागि पहल गर्ने उनले बताएका छन् ।

साथै राप्तीमा ¥याप्टिङको सम्भावना रहेकाले पर्यटकीय स्थलका रुपमा विकास गर्ने उनको भनाइ छ । यसका लागि योजना तयार गर्ने बजेट विनियोजन गर्न पहल गर्ने उनले बताए ।

छलफलका क्रममा जनता तटबन्ध प्रमुख बिनोद चौलागाईँले राप्ती नदी केन्द्रित कामलाई तीव्रता दिएको बताए । उनले राप्ती नदीभन्दा बाहिरका खोला चुनौती भएको बताए ।

यसलाई एकैपटक सम्पन्न गर्नका लागि बजेट विनियोजनमा पहल गरिदिन आग्रह गरेका छन् । यसैबीच शान्ति सुरक्षाबारे पनि गहतराजले प्रदेश प्रहरी प्रमुखसँग छलफल गरेका छन् ।

शपथ ग्रहणसँगै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नका लागि सांसद अथक लागिपरेको माओवादी नेता नरेन्द्र न्यौपानेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १० गते बुधबार