प्रदेशको राजधानी माग गर्दै नेपालगञ्जमा अन्तरक्रिया



नेपालगञ्ज,२७ पुस/  मधेसी मुस्लिम महिला मञ्चले ५ नम्बर प्रदेशको राजधानी लगायत बाँकेको विकास र समृद्धिका सवालमा बिहिबार नेपालगन्जमा सर्वपक्षिय वृहत अन्तरक्रिया गरेको छ ।

बाँकेको विकास समुन्नति, समृद्धि र सम्मानको लागि बाँकवासी एकजुट होऔ भन्ने मुल नाराका साथ आयोजित अन्तरक्रियामा ५ नम्बर प्रदेशकको राजधानी बाँकेमा हनुपर्ने भन्दै दवाव सृजना गर्नको लागि सर्पपक्षिय अन्तक्रिया कार्यक्रम नेपालगञ्जमा गरिएको हो ।

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा उम्मेद्वार मोहमद इतियाक राईले बाँकेलाइ प्रादेशिक राजधानी नबनाए आफु सडकमा उत्रिएर आन्दोल गर्ने बताए । ५ नम्बर प्रदेशको राजधानी बाँके नभए आन्दोलन गर्न समेत तयार रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २७ गते बिहीबार